२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय विदेश सचिव मिश्रीद्वारा नेपाल भाषा परिषद्को नवनिर्मित भवन उद्घाटन



अ+ अ-

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाल भाषा परिषद्को नवनिर्मित भवनको उद्घाटन एवं अवलोकन गर्नुभएको छ ।

दुई दिने नेपाल भ्रमणको क्रममा आईतवार बिहान काठमाडौं आइपुग्नुभएका उहाँले नरदेवीस्थित नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन एवं अवलोकन गर्नुभएको हो ।

सो भवन भारत सरकारको सहयोगमा निर्माण गरिएको हो । परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणमा काठमाडौं आउनुभएका मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यतालिका छ । त्यस्तै उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखकसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

विदेश सचिव भएपछि मिश्रीको यो पहिलो नेपाल भ्रमण हो । आज साँझ परराष्ट्रसचिव लम्सालले समकक्षी मिश्रीलाई रात्रीभोज दिने कार्यक्रम पनि छ । सोमवार बिहान परराष्ट्रमन्त्री डा। आरजु राणा देउवासँग भेट गरी सोमवार साँझ स्वदेश फर्किने कार्यक्रम छ ।




भर्खरै