काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सयले घटेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ४ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ९५० निर्धारण गरिएको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला ९४ हजार १ सयमा कारोबार भएकोमा आज तोलामा ७ सयले घटेको हो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १२१५ रहेको महासंघले जनाएको छ ।







