काठमाडौँ । मंगलबार सुनको मूल्य प्रतितोला एक हजार ५ सय रुपयाँले बृद्धि भएको छ । त्यसैगरी चाँदीको मूल्यमा पनि प्रतितोला ३० रुपियाँले बढेको छ ।
आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार एक सय रुपियाँ रहेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय ५० रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३५ रुपियाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार भने छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९२ हजार १ सय ५० रुपियाँ र चाँदी प्रतितोला १ हजार २ सय ५ रुपियाँमा कारोबार भएको थियो ।







