२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण विधेयकसम्बन्धी समितिको प्रतिवेदनमा संसदमा पेश



अ+ अ-

काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश प्रतिनिधि सभामा पेश भएको छ ।

मंगलवारको प्रतिनिधि सभाको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले प्रतिवेदन सभामा प्रश्तुत गर्नुभएको हो ।

बैठकमा प्रतिवेदन प्रश्तुत गर्र्दै उहाँले विधेयक पारित गर्ने अवस्थासम्म सबै एक ठाउँमा उभिए जसरी नै पारित गरी कार्यान्वयन गर्नेसम्म एकै ठाउँमा उभिनुपर्ने बताउनु भयो । उहाँले सबै राजनीतिक दलहरु एक ठाउँमा उभिए आगमी दिनमा आइपर्ने जस्तोसुकै चुनौति पनि सामना गर्न सकिने बताउनु भयो ।

विधेयक सदनबाट सर्वसम्मतिले पारित गर्न आग्रह गर्दै पारितसँगै नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन राम्रो कानून बन्ने बताउनु भयो । विधेयक सदनबाट सर्वसम्मतिले पारित भए देशमा द्वन्द्वको अवस्था नआउने बताउनु भयो ।