२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीओपीमा खटिने सशस्त्र प्रहरीको दैनिकी सकसपूर्ण



अ+ अ-

फिदिम । पाँचथरको ४४.३८ किलोमिटर सीमा क्षेत्र भारतका पश्चिम बंगाल र सिक्किमसँग जोडिएको छ। सरकारले उच्च पहाडी यो क्षेत्रमा हालै चारवटा बोर्डर आउटपोस्ट (बीओपी) स्थापना गरेको छ। तर, आवश्यक पूर्वाधार नहुँदा बीओपीमा खटिने सशस्त्र प्रहरीको दैनिकी सकसपूर्ण बनेको छ। याङवरक गाउँपालिकाका चिवाभञ्ज्याङ, सुकेढाप र फालेलुङ गाउँपालिकाका भैँसे र फालोटमा बीओपी खडा गरिएको हो। यी ठाउँमा अहिले हिउँ पर्न थालेको छ। बीओपीका लागि आफ्नै भवन छैन। गाउँपालिकाले टिनले बारेर बनाएको कच्ची भवनमा बसेर सीमा सुरक्षामा प्रहरी तैनाथ छन्। 

‘सीमा क्षेत्रमा बीओपी राख्नु स्वागतयोग्य काम हो’, फालेलुङ गाउँपालिका–३ का वडाध्यक्ष वीरविक्रम थाम्सुहाङले भने, ‘सीमा सुरक्षामा खटिने प्रहरीलाई बस्नका लागि गतिलो भवन छैन। चिसो बढेपछि गोठ तल झर्न थालेका छन्। प्रहरी नै चिसोले कठ्यांग्रिने सम्भावना छ।’ पर्याप्त तयारीबिना बीओपी स्थापना गरिँदा प्रहरीलाई कठिन भएको स्थानीयको बुझाइ छ।

सुरक्षाकर्मीका लागि खान, बस्न र सञ्चारको असुविधा छ। बीओपी बसेका कच्चा भवनमा भित्रसम्म शीत पर्ने र ओछ्यानसमेत भिज्ने गरेको सुरक्षाकर्मी बताउँछन्। ‘चिसो ठाउँमा टिनको छानोभित्र शीत पर्दो रहेछ’, चिवाभञ्ज्याङ बीओपीमा खटिएका एक सुरक्षाकर्मीले भने, ‘न्यानो भन्ने कतै छैन, हिउँले बीओपी भवन छोप्न थालेको छ।’ उच्च पहाडमा खटिएका सुरक्षाकर्मीलाई बास, सञ्चार, इन्धन, खाद्यान्न, यातायातजस्ता आधारभूत आवश्यकताको व्यवस्थासमेत छैन। 

उनीहरूका लागि अतिरिक्त सुविधासमेत उपलब्ध छैन। चिसोका कारण सशस्त्र प्रहरीको आन्तरिक सञ्चार सेट पनि सञ्चालन हुन नसकेको बताइएको छ। बीओपी स्थापना गरेको ठाउँसम्म सडकको भरपर्दो सुविधा पुगेको छैन। सञ्चार सुविधाबाट टाढा छन् सुरक्षाकर्मी। बस्नका लागि गतिलो व्यवस्था छ्रैन। बीओपी व्यवस्थित गर्न सरकारले गुरुयोजना बनाएरै अघि बढ्नुपर्ने स्थानीय सन्तोष श्रेष्ठ बताउँछन्। अन्नपुर्णपोष्ट दैनिक