२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माछापुच्छ्रे बैंकद्वारा मोबाइल एपमार्फत भुक्तानी सेवा शुरु



अ+ अ-

काठमाडौं।  माछापुच्छ्रे बैंकले डिजिटल भुक्तानी गर्ने सेवा शुरु गरेको छ। बैंकले नेपाल क्लियरिङ हाउससँग कर्पोरेट पे प्रणालीको सुरुवात गर्ने सम्झौता गरेको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र एनसीएचएलका प्रमुख कार्यकारी निलेषमानसिंह प्रधानले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतापछि बैंकका  व्यवसायिक ग्राहकहरुले (विभिन्न संघसंस्था, सरकारी कार्यालय) को मोबाइल बैंकिङ एप तथा इन्टरनेट बैंकिङमार्फत बैंकमा नगर्इ फण्ड ट्रान्सफर, तलब भुक्तानी, विभिन्न सेवा तथा राजस्वको भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

उक्त भुक्तानीका लागि अधिकतम सुरक्षाका उपायहरु अपनाइने बैंकले जनाएको छ । यो प्रणालीमार्फत कनेक्ट आइपीएस अथवा एनसीएचएल आइपीएसमा रियल टाइम वा नन् रियलटाइम भुक्तानी कारोबार गर्न सकिने बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ। 




भर्खरै