२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा स्थायी कमिटी बैठक २८ गतेसम्म स्थगित, सर्यो केन्द्रीय समिति बैठक



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक एक साताका लागि स्थगित भएको छ ।  

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गर्नुभएका छुट्टाछुट्टै प्रस्ताव अध्ययन गर्नका लागि भन्दै बैठक एकसाताका लागि स्थागित गरी मंसिर २८ गते दिउसो १ बजे बस्न गरी बोलाएको हो ।  बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रस्ताव माथि अध्ययन गर्नका लागि समय दिइएको बताउनुभयो । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली सहभागि नभई आफू आउन नसक्नुको कारण खुलाई पत्र पठाउनुभएको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो । 

बैठकमा सचिवायल सदस्य इश्वर पोखरेलले अध्यक्ष ओलीले पठाउनुभएको पत्र पढेर सुनाउनुभयो । अध्यक्ष ओलीले पत्र मार्फत अध्यक्ष प्रचण्डले ल्याउनुभएको प्रस्ताव बैठकमा छलफलका लागि राख्न नमिल्ने भएकाले आफू उपस्थित नभएको जानकारी गराउनु भएको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

बैठकले मंसिर २५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक पुष ५ गतेका लागि सार्ने निर्णय समेत गरेको छ ।