२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन हुँदा जे देखियो….



अ+ अ-

काठमाडौं । राजसंस्थाको माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन भएको छ । 

‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’को आव्हानमा राजसंस्थाको माग गर्दै प्रदर्शन भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रहलाई बेवास्ता गर्दै राजावादीहरुले काठमाडौंको माइतीघर देखि बानेस्वर सम्म प्रदर्शन गरेका हुन् । माइतीघरमा भेला भएका उनीहरु जुलुस सहित नयाँ बानेश्वरसम्म पुगि कोणसभामा परिणत भएका थिए । उनीहरुले पृथ्वीनारायण शाहको तस्वीर बोकेका थिए भने संघीयता एवं धर्म निरपेक्षता खारेज गर्न र राजसंस्थाको पुनस्थापना गर्नुपर्ने भन्दै नारा लगाएका छन् । सभामा अधिवक्ता सुरेन्द्र भण्डारीले राजसंस्था स्थापना हुनुपर्ने र संघीयता सँगै धर्म निरपेक्षता खारेज हुनुपर्ने माग आफुहरुको रहेको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले विरोध प्रदर्शन गर्दा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै धर्ना, जुलुस, प्रदर्शन लगायतका गतिविधि गर्न रोक लगाएको छ । तरपनि प्रदर्शनकारीहरुले प्रशासनको सो आग्रहलाई बेवास्ता गर्दै प्रदर्शन गरेका हुन् । पछिल्लो समय राजावादीहरुले देशभर प्रदर्शन गर्दै आएका छन् ।

हेरौ यी तस्विरहरु…