२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा



अ+ अ-

काठमाडौं । सत्तरुढ नेकपामा अध्यक्षद्वय बिच बालुवाटारमा छलफल सुरु भएको छ । शनिबार प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा 'वान टु वान' छलफल भएको हो । 

आजै नेकपाको सचिवालय बैठक बस्ने तय भएको छ । बैठक बस्नुअघि दुई अध्यक्षबीच बालुवाटारमा भेट भएको स्रोतले जनायो।

दुई अध्यक्षलाई भेटघाटको वातावरण बनाउनका लागि स्थायी कमिटी सदस्य एवम् परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली बिहाना खुमलटार पुगेका थिए।

शुक्रबार प्रचण्डनिकट स्थायी कमिटी सदस्य एवम् उर्जामन्त्री वर्षमान पुन र प्रधानमन्त्रीनिकट स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलबीच लामो कुराकानी भएको थियो।