२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना हुलाकमार्फत घरघरमै राहदानी फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेखा थापाले जन्मदिन र छोरीको अन्नप्राशन एकै दिन मनाइन्



अ+ अ-

काठमाडौं । नेपालकी चर्चित अभिनेत्री रेखा थापाले आफ्नो जन्म दिन र छोरी वैभवीको अन्नप्राशन एकै दिन मनाएकी छन् ।

थापाले परिवार र साथीभाई माझ जन्मदिन मनाएकी हुन् । हिजो दिनभर जसो उनी व्यस्त भइन् । सामाजिक सञ्जालदेखि मोबाइलसम्म प्रशंसक र आफन्तको जन्मदिन शुभकामना ग्रहण गरेकी उनले जन्मदिनको पूजापाठसमेत गर्न भ्याइन् ।

अर्कोतिर, छोरी वैभवीको अन्नप्राशनका लागि उनी बिहानै पशुपतिमा पुगेर अन्नपूर्णदेवीको पूजाआजा गरिने । त्यहाँ उनले अन्नपूर्ण भण्डारा चलाइरहेकी छिन् । यो भण्डारा चलाउनुको उद्देश्य नि:सहाय, गरिब र विपन्न सर्वसाधारणलाई भोजनको सहज उपलब्धता होस् भन्ने रहेको उनको भनाइ छ ।

रेखाकी छोरी वैभवी सात महिना लागेकी छन् । अर्कोतर्फ, रेखा चाँडै दर्शकलाई नयाँ फिल्म र यसको अपडेटसहित सरप्राइज दिन चाहन्छिन् । सवीर श्रेष्ठले निर्देशन गर्ने आगामी फिल्मलाई लिएर चाँडै एक सरप्राइज अपडेट दिने उनको तयारी छ ।

मोरङको सुन्दरहरैंचा नगरपालिका, सलकपुरमा जन्मिएकी रेखा २०५७ सालमा फिल्म ‘हिरो’बाट रजतपटमा प्रवेश गरेकी हुन् । उनले दर्जनौं फिल्ममा अभिनय गरेकी छन् । पछिल्लो समय फिल्म निर्माणमा समेत सक्रिय रेखाको पछिल्लो फिल्म ‘उपहार’ हो । रेखा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृसमेत हुन् ।