२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेड ब्राइटनसँग स्तब्ध



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएको खेलमा इङलिस महारथी फुटबल क्लब म्यान्चेस्टर युनाइटेड ब्राइटनसँग पराजित भएको छ ।

ब्राइटनको गृहमैदानमा भएको खेलमा ब्राइटनसँग युनाइटेड २–१ गोलले स्तब्ध भएको थियो ।

पहिलो हाफको ३२ औं मिनेटमा युनाइटेडकै पूर्व खेलाडी ड्यानी वेलबेकले ब्राइटनका लागि पहिलो गोल गरेका थिए ।

तुलनात्मक रुपमा कमजोर खेल प्रदर्शन गरेको युनाइटेडका लागि ६० औं मिनेटमा अमाद डियालोले गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए ।

तर दोस्रो हाफको इन्जुरी समयमा ब्राइटनका लागि जोआओ पेड्रोले हेड मार्फत गोल गरेर टोलीलाई विजयी गराए ।

ब्राइटनको आक्रमणसामु युनाइटेडको रक्षापंक्ति कमजोर मात्र होइन निकै फिक्का देखिएको थियो । ब्राइटनका दुबै गोल युनाइटेडका रक्षापंक्तिको कमजोरीका कारण भएका थिए ।

यो जितसँगै ब्राइटनले लगातार २ खेल जितेर ६ अंक बनाएको छ । युनाइटेडको भने एक जित र एक हारका साथ ३ अंक छ र ऊ आठौं स्थानमा छ । एजेन्सी