२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटनमन्त्री पाण्डे र गुजरातका मुख्यमन्त्री भूपेन्द्र भाई पटेल बीच भेट, गुजरातबाट पोखरा उडानका लागि आग्रह



अ+ अ-

काठमाडौं । धर्म धम्मा सम्मेलनका लागि भारत पुग्नु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  बद्री प्रसाद पाण्डेले गुजरातका मुख्यमन्त्री भूपेन्द्र भाई पटेलसंग शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा गुजरातको अहमदावाद विमानस्थल बाट सोझै पोखरा विमानस्थलमा हवाई यातायात संचालन गर्न आवस्यक पहलकदम गर्न आग्रह गर्नुभयो ।

सिधा उडान हुदा सोमनाथ देखी पशुपतिनाथसंगको शिव अन्तरसम्बन्ध र गुजरात स्थित वैष्णव सनातनीहरू एवं  स्वामीनारायण समुदायलाई स्वामीनारायण भगवान निलकण्ठको तपोस्थली तथा भगवान विष्णुको आदिमन्दिर मुक्तिनाथ दर्शन सुलभ हुने जनाईएको छ ।

मन्त्री पाण्डेले नेपालको तर्फबाट गर्नुपर्ने आवश्यक पहलकदमलाई पूर्णरूपमा सहयोग गर्ने बताउनु भयो ।