२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालबालिकालाई श्रीकृष्णको रुपमा किन सजाइन्छ ? फोटो फिचर



अ+ अ-

काठमाडौँ: श्रीकृष्ण जन्माष्टमीमा बालबालिकालाईहरु श्रीकृष्णको रुपमा सजाउने गरिन्छ । विद्यालयहरुमा पनि साना कक्षा बालबालिकालाई श्रीकृष्णको रुपमा सजाएको पाइन्छ ।

अभिभावकहरुले आज बालबालिकालाई मन्दिर दर्शन गर्न लैजाँदा त्यसैगरी शृङ्गार गरेको देखिन्छ । घरमै पनि पहेंलो वस्त्र लगाइदिने, बासुरी किनेर बजाउन दिने जस्ता गतिविधि अभिभावकले गरेको देखिन्छ ।

बालबालिकालाई श्रीकृष्णको रूपमा सजाउने परम्परा विशेष गरी श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा किन गरिएको होला भन्ने प्रश्न तपाईंको मनमा आउन सक्छ ।

यो दिन बालबालिकालाई श्रीकृष्णको रुपमा सजाउँदा यसले बालबालिकालाई भगवान् श्रीकृष्णको जीवन र शिक्षाको महत्व बुझ्न मद्दत पुर्‍याउँछ । श्रीकृष्णको बाल्यकालका विचित्र लीला र सत्यको पक्षमा उभिने उनको साहसिकता बालबालिकालाई प्रेरित गर्नका लागि यो परम्परा महत्वपूर्ण मानिन्छ ।

भगवान श्रीकृष्णले अबोध मानवीय बाललीला प्रदर्शन गर्नुभएको थियो । बाललीलामार्फत उहाँले परोाक्ष रुपमा समाजमा अवतरित हुनुको प्रयोजन दर्साउँदै जानुभयो ।

एकपछि अर्को आश्चर्यमय, सनसनीपूर्ण बाललीलाले त्यतिखेरको समाजलाई चकित बनाउँदै यदाकता आफ्ना कुरा पनि राख्ने श्रीकृष्ण कोही न कोही अलौकिक व्यक्ति भएको पूर्ण आभास दिलाएर आफू भगवान नै भएको पुष्टि पनि गरिदिनुभयो ।

अहिले पनि आफ्ना बालबालिका भगवान श्रीकृष्ण जस्तै बहुप्रतिभाशाली बनुन् भनेर कृष्णजन्माष्टमीका दिन सजाउने गरिएको हो ।




भर्खरै