२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम मूल्य देखाएर टेस्ला आयात, करोडौं राजस्व ठगी



अ+ अ-

काठमाडौं। टेस्ला मोडल थ्रिका गाडीमा मूल्य घटाएर नेपाल आयात गरेको देखाई करोडौंंको राजस्व ठगी गरेको देखिएको छ । चीनमा ४९ हजार डलरमा बिक्री भइरहेको टेस्ला मोडल थ्री नेपाल ल्याउँदा ३५ हजार डलरमा किनेको बिल पेस गरिएपछि करोडौं रुपियाँको राजस्व चोरी भएको पाइएको छ । ‘गाडी अन्डर बिलिङमा आएको देखिन्छ । अरेटी इन्टरनेसनलले यसमा प्रयोग भएको मोटर क्षमता पनि झुक्काएर १५ प्रतिशत मात्रै अन्तःशुल्क तिरेर ल्याएको छ’, गाडी आयातमा दशकौंदेखि सक्रिय एक विज्ञले भने– ‘नेपालको भन्सार कार्यालयमै रहेका भ्रष्ट कर्मचारीको सहयोगमा राजस्व चोरी भएको देखिन्छ ।’

गाडीको भन्सार मूल्य ४१ लाख ६० हजार ४ सय ५० रुपियाँ देखाइएको छ भने भन्सार शुल्क बापत १६ लाख ६४ हजार रुपियाँ तिरिएको अनुसन्धानबाट खुल्न आएको छ । अल ह्वील ड्राइभ सिस्टम जडान भएको टेस्ला मोडल थ्रिमा कम्पनीले १४७ किलोवाट क्षमताको मोटर जडान भएको तर्क दिँदै १५ प्रतिशत मात्रै अन्तःशुल्क तिरेको छ । तर, यसमा पछाडिको चक्कामा पावर दिन २११ किलोवाटको अर्को मोटर पनि दिइएको छ, ती विज्ञले विवरण दिए– ‘अगाडि र पछाडि गरेर यसमा ३५८ किलोवाट क्षमताको मोटर प्रयोग भएको छ ।’ यस क्षमताको मोटर प्रयोग भएको गाडीले ६० प्रतिशत अन्तःशुल्क तिर्नुपर्ने हुन्छ ।

कम्पनीले अहिले ८ लाख ७३ हजार ६ सय ९५ रुपियाँ अन्तःशुल्क तिरेको देखिन्छ, जब कि उसले ६० प्रतिशत अन्तःशुल्क बापत ३४ लाख ९४ हजार ७ सय ७८ रुपियाँ तिर्नुपर्ने हुन्छ । यसरी हेर्दा कम्पनीले अन्तःशुल्कमा प्रतिगाडी २६ लाख २१ हजार ८३ रुपियाँ छली गरेको देखिन्छ । अन्तःशुल्क पछि यसरी आधिकारिक वितरक नभई आएको गाडीमा ३० प्रतिशत अतिरिक्त शुल्क लाग्छ । उक्त शुल्क बापत कम्पनीले १२ लाख ४८ हजार १ सय ३५ रुपियाँ तिरेको छ ।

भन्सार, अन्तःशुल्क, अतिरिक्त शुल्क, भ्याट र सडक निर्माण दस्तुर बापत कम्पनीले कुल रकम ५० लाख ३५ हजार २ सय ४९ रुपियाँ तिरेको देखिन्छ । यसरी मोटर क्षमता लुकाएर कम्पनीले एउटा गाडीमा कुल ३८ लाख ३६ हजार २ सय ८३ रुपियाँ राजस्व चोरी गरेको देखिन्छ । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटबाट नेपालमा आधिकारिक विक्रेता नियुक्त नभएका कम्पनीले पनि गाडी आयात गर्दा अतिरिक्त ३० प्रतिशत रकम तिरेर गाडी आयात गर्न पाउने व्यवस्था गरेसँगै ठूला र विश्वप्रसिद्ध ब्रान्डका गाडीहरु यही बाटो प्रयोग भएर आउन थालेको विज्ञहरु बताउँछन् ।

एकपटक 

अनाधिकृतरुपमा आयात भएका गाडी नेपाल भित्रिन दिने नीति लिएर सरकारले अतिरिक्त ३० प्रतिशत रकम तिरेर विनाआधिकारिक विक्रेता कम्पनीबाट गाडी मगाउन दिने बाटो खोलेको भए पनि यसको छिद्रलाई प्रयोग गर्दै पुनः धमाधम गाडी आयात शुरु गरेको बताइन्छ । केही दिनअघि भन्सार यार्डमा आइपुगेको टेस्लाको मोडल ‘थ्रि’ कार नेपालमा किया निरो र हुन्डाई कोनाको भन्दा पनि कम मूल्य देखाएर प्रवेश गरेको देखिन्छ । ‘यी गाडी अन्डर बिलिङमा आएको हो वा होइन भन्ने विषयमा अहिल्यै टुंगोमा पुग्न सकिन्न।’ –भन्सार विभागका एक अधिकारीले नेपाल समाचारपत्रलाई भने । तर टेस्लाको एउटा गाडी केही दिनअघि भन्सार छुटेको उनले पुष्टि गरे । ती अधिकारीले औपचारिक जानकारीका लागि प्रवक्तासँग सम्पर्क गर्न सुझाव दिँदै आफ्नो नाम उल्लेख नगर्न अनुरोध गरे ।

‘हामीले भन्सारमा नयाँ टेस्लाको कार आएको छ भन्ने सुनेका छौं । त्यो अन्डर बिलिङमा आएको हो वा होइन भन्ने विषयमा भन्सार छुटाउने प्रक्रिया अगाडि बढेपछि मात्रै अनुसन्धान हुनेछ।’ –भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरे बताउनुभयो । ‘आर्थिक ऐनमा भएको व्यवस्था टेकेर टेस्लाका कारहरु नेपाल आएका छन्, ऐनले नै अतिरिक्त ३० प्रतिशत रकम तिरेर ल्याउन दिने भनेपछि त्यसलाई रोक्न सकिने विषय भएन।’ –घिमिरेले प्रस्ट पार्नुभयो । साउथ चाइना एक्जिम लिमिटेडबाट नोभेम्बर ६ तारिखमा नेपालका लागि भन्दै ३ वटा टेस्ला कारको प्याकिङ लिस्ट जारी गरेको डकुमेन्टमा देखिन्छ । साउथ चाइनाले नेपालको अरेटी इन्टरनेसनल टंगाल काठमाडौंको नाममा बिल नम्बर एआर २२९२०२५९आर बाट तीनवटा टेस्ला कार पठाएको देखिन्छ ।

ती गाडीको आधिकारिक वेबसाइटमा गाडीको स्पेसिकेसनअनुसार अमेरिकामा ५४ हजार ९ सय ९० अमेरिकी डलर रहेको छ । चीनमा अर्कै ब्याट्री प्रयोग गरेकाले ४७ हजार ९ सय ५० अमेरिकी डलर पर्ने उल्लेख छ । तर नेपालमा भने ती गाडीहरु ३५ हजार अमेरिकी डलरमा आयात भएको भन्दै त्यही मूल्यमा भन्सार तिरेको देखिन्छ । नेपालमा भन्दा अन्य देशमा उक्त गाडीको मूल्य कसरी फरक पयो{ त्यस विषय भने रहस्यमय रहेको छ ।

नेपालमा आयात गरिएको टेस्ला गाडीको रेन्ज ३ सय २८ माइल्स रहेको छ । रेन्ज ३ सय १० माइल्सभन्दा बढीको लङ रेन्जको भनिन्छ । नेपालमा आयात भएको उक्त गाडी लङरेन्जका हुन् । यस विषयमा नेपालका लागि टेस्लाका वितरक राकेश अदुकियासँग सम्पर्क राख्दा उहाँ सम्पर्कमा आउन चाहानुभएन । राजधानी दैनिक