२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौन दुर्व्यवहारको आरोपपछि मलयालम चलचित्र–कलाकार संघ विघटन



अ+ अ-

एजेन्सी । यौन उत्पीडनको आरोपपछि मलयालम चलचित्र कलाकार संघ(एएमएमए)लाई विघटन गरिएको छ । जसका कारण एमएमएका अध्यक्ष तथा साउथ सुपरस्टार मोहनलालसहित १७ सदस्यले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

एएमएका तीन सदस्यविरुद्ध यौन दुर्व्यवहारको उजुरी परेको छ । तीमध्ये दुईजना सदस्यविरुद्ध मुद्दा दर्ता भएको छ । हेमा समितिको प्रतिवेदन आएपछि संघ भंग गर्ने निर्णय भएको हो ।

विगत केही वर्षदेखि मलयालम फिल्म उद्योगमा महिला कलाकारहरूमाथि यौन शोषणको आरोप लागेको थियो । यसबारे छानबिन गर्न सन् २०१९ मा निवृत्त न्यायाधीश हेमाको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरिएको थियो ।

४ वर्षपछि १९ अगस्टमा हेमा समितिले २३३ पृष्ठको प्रतिवेदन केरला सरकारलाई बुझायो, जसमा धेरै ठूला कलाकारहरूद्वारा शोषण भएको कुरा प्रकाशमा आएको थियो ।