२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशरथ रंगशालालाई उत्कृष्ट बनाउन प्रधानमन्त्रीको निर्देशन



file photo
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुका लागि भौतिक पूर्वाधारसहितका सेवा सुविधाहरु वृद्धि गर्न सरकारले अधिकतम ध्यान दिने प्रतिवद्धता जनाउनुभएको छ ।

बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा महिला भलिबल खेलाडीहरुको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको अर्थतन्त्रको स्थिति राम्रो नरहेकाले सकेसम्म खेलाडीहरुका लागि सेवा सुविधा वृद्धि गर्ने कुरामा ध्यान दिने बताउनु भयो । भलिबल टिमका लागि एउटा कभर्ड हलको आवश्यकता रहेको कुरा खेलाडीहरु स्वयंले पनि बताइसकेको भन्दै सरकारले आवश्यक ध्यान दिइ काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले हरेक प्रदेश र जिल्ला—जिल्लामा एउटा एउटा कभर्ड हल भएको खण्डमा खेलाडीहरुलाई अभ्यास गर्न सहज हुनेगरी सरकारले काम अघि बढाइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सिक्नका लागि अनुकलता, वातावरण चाहिन्छ । कहाँ सिक्ने, कसरी सिक्ने त्यसका निम्ति अस्ति खेलाडी टिमले पनि बताइसकेको छ । हामीलाई लगातार सिक्नका लागि कभर्ड हल आवश्यक छ । हरेक मौसममा सिक्नका लागि कभर्ड हल आवश्यक छ । हामीसँग कभर्ड हल छैन । अहिले हामी कभर्ड हलको कुरा गर्दैछौँ । प्रदेश प्रदेशमा भयो भने सकेसम्म जिल्ला, जिल्लामा पुग्यो भने हामी त्यहीँ सिक्न सक्छौँ । त्यसकारण यसको बिस्तार र शुरुवात गरिनुपर्छ । खेलाडीहरुले सुविधा प्राप्त गर्ने हो भने, सुविधा प्राप्त नगर्दा त हामी यत्तिको उन्नतिमा आएका छौँ भने तेस्रो गेम सकिँदासम्म हाम्रो आशा माथि थियो । चौथो गेमले बराबर गरायो । पाँचौँ पुग्दा हामी हार्‍यौँ । तर त्यस भन्दाअघि त्यही टिमलाई हार्‍यौँ पनि । प्राविधिक हिसावले हामी हारेका हाँै । यथार्थमा बराबरी खेलेका थियौँ । मन खुम्च्याउनुपर्ने आवश्यकता छैन । हामी जित्न सक्छौँ । सर्वोत्कृष्ट टिम बन्नसक्छौँ । दक्षिण एशिया, एशिया र सिंगै विश्वकै हुन सकिन्छ । नसक्ने भन्ने केही छैन । हामीले सुविधा खेलाडीलाई उपलब्ध गराउने कुरामा अलि बढी ध्यान दिनुपर्छ । यसमा हामी सबैको ध्यान गएको छ । तसर्थ यस अवस्थालाई हामी अवश्य परिवर्तन गर्नेछौँ । देशको अर्थतन्त्रको स्थिति राम्रो छैन । हामी कतिसम्म सक्छाँै सुविधाहरु, भौतिक पूर्वाधारहरु र अन्य सुविधाहरु वृद्धि गर्नमा हाम्रो अधिकतम ध्यान जानेछ ।’

प्रधानमन्त्री ओलीले दशरथ रंगशालाको अवस्थाका कारण देशकै बेइज्जत भएको बताउनु भयो । केही समयअघि भूटानको पारोसँगको खेलमा दशरथ रंगशालाको अवस्थाले देशको बेइज्जत भएको भन्दै दशरथ रंगशालाको आवश्यक निर्माण काम उत्कृष्ट ढंगले सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले खेल मैदान धेरै बिग्रिएकाले देशकै बेइज्जत हुने खालको स्थिति नहुने गरी रंगशाला निर्माण गर्न आग्रह गर्नुभयो । उहाँले दर्शकलाई देखाउने गरीको खेल खेल्न २५ हजार दर्शक क्षमताको रंगशाला अपरिहार्य रहेको भन्दै मैदान चुस्त, दुरुस्त बनाउन आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले मैदानको दुरुपयोग नगर्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मैले भित्रै गएर त हेरेको छैन तर दशरथ रंगशालाको खेल मैदान धेरै बिग्रिएको भन्ने छ । म ०४४ सालमा जेलबाट छुटेपछि खेल पनि हेर्ने गरेको छु । जाने पनि गरेको छु । यति साह्रो बिग्रिएको खेल मैदान मैले देखेको थिएन । अहिले हिलै छ । अस्ति एउटा खेल देख्दा देशकै बेइज्जत भए जस्तो लाग्यो । त्यसकारण यस्तो देशकै बेइज्जत हुने खालको स्थिति हुनु हुँदैन । अन्यत्र त्यस्तो प्यारापिट नै छैन जहाँ हामी खेल खेलाएर दर्शकलाई देखाउन सकौँ । दर्शकलाई देखाउने गरीको खेल खेल्ने हो भने अन्त प्यारापिट छैन । हामीलाई २०/२५ हजारको क्षमताको त्यस्तो मैदान त चुस्त दुरुस्त चाहिन्छ नै । त्यसको दुरुपयोग नहोस् । खासगरी यो स्तरीय खेलहरुका लागि हो, खासगरी त्यो फुटबल जस्ता खेलहरुका लागि हो । अरु खेल खेल्नु छ भने तदनुसारका खेल मैदानहरु तयार गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले १० औं राष्ट्रिय खेलकुद खेलाउँदा दशरथ रंगशाला चुस्त दुरुस्त बनाउन सक्नुपर्ने बताउनु भयो । उहाँले आजबाटै मैदान उत्कृष्ट बनाउन शुरु गर्न निर्देशन दिनुभयो ।