२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘समृद्ध नेपालका लागि सडक, रेल तथा यातायातको विकासको पाँच वर्षे महत्वाकाङ्क्षी रणनीतिक योजना’



अ+ अ-

काठमाडौँ । मुलुकभरको गरी तीन हजार तीन सय किलोमिटर सडक मर्मत गरिनेभएको छ । ‘समृद्ध नेपालका लागि सडक, रेल तथा यातायातको विकासको पाँच वर्षे महत्वाकाङ्क्षी रणनीतिक योजना’ अन्तर्गत मर्मतको काम थालिएको हो । रणनीतिक योजना अन्तर्गत मुलुकको मुख्य सडकको मर्मत कार्य अगाडि बढाइएको सडक विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले जानकारी दिनुभयो । उहाँले मर्मत कार्यक्रम अन्तर्गत बढी ट्राफिक चाप हुने प्रमुख राजमार्ग (कोर रोड नेटवर्क) का सडकमा मर्मत गरिनेछ । यस कार्यक्रमका लागि नीतिगत रूपमा सरकारबाट स्वीकृति प्राप्त भइसकेको छ भन्नुभयो ।

यस कार्यक्रमका लागि सडकको समेत छनोट भइसकेको र त्यसमा मुलुकका सबै प्रमुख राजमार्ग परेको उहाँले जानकारी दिनुभयो । कम्तीमा दैनिक दुई हजार व्यक्ति आवतजावत गर्ने सडकलाई ‘कोर रोड नेटवर्क’ भन्ने गरिन्छ । उहाँले विश्व बैङ्कको ऋण सहयोगमा रणनीतिक सडक कनेक्टिभिटी र व्यापार सुधार परियोजना (स्टार्टिजिक रुट कनेक्टिभिटी एन्ड ट्रेड इम्प्रुभमेन्ट प्रोजेक्ट, एसआरसीटीआईपी) कार्यक्रम अन्तर्गत तीन हजार तीन सय किलोमिटर सडकको आवधिक मर्मत कार्य सुरु गर्न लागिएको हो भन्नुभयो । यस कार्यक्रम अन्तर्गत पूर्व–पश्चिम राजमार्ग, अरनिको राजमार्ग, बीपी राजमार्ग, सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग, मेची राजमार्ग, कोसी राजमार्ग लगायत मुलुकका प्रमुख सबै राजमार्गको मर्मत गरिने उपमहानिर्देशक अधिकारीले जानकारी दिनुभयो ।

‘एसआरसीटीआईपी’ कार्यक्रम अन्तर्गत नै पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको पथलैया–ढल्केवर–कमला सडकखण्ड र मुग्लिन–नागढुङ्गा खण्डको विस्तार कार्य अगाडि बढाइएको उपमहानिर्देशक अधिकारीले बताउनुभयो । उहाँका अनुसार कुल आठ अर्ब रुपियाँको लागतमा सञ्चालन हुन लागेको यस आयोजनामा ७० प्रतिशत विश्व बैङ्कको सहयोग र बाँकी नेपाल सरकारको लगानी रहनेछ । यस कार्यक्रमका लागि अर्थ मन्त्रालय र विश्व बैङ्कबीच सम्झौतासमेत भइसकेको छ । यस कार्यक्रमको समयावधि आर्थिक वर्ष २०७७/७८ देखि पाँच वर्षसम्म रहेको छ ।

चालू आर्थिक वर्षमा तीन सय किलोमिटर सडकको मर्मत गरिने गरी तयारी पूरा भइसकेको बताउँदै उहाँले त्यसका लागि निर्माण कम्पनी छनोट गर्न बोलपत्रको तयारी पूरा भइसकेको जानकारी दिनुभयो । विश्व बैङ्कको सहयोगमा सञ्चालन हुने कार्यक्रम रहेकाले बोलपत्र आह्वान गर्न विश्व बैङ्कसँग छलफल भइरहेको उहाँले बताउनुभयो ।
यो वर्ष कार्यक्रमको तयारी वर्ष भएकाले कम मात्रामा मर्मत कार्य अगाडि बढाइएको उहाँले स्पष्ट पार्नुभयो । सङ्घीय सडक विभाग अन्तर्गत १४ हजार ९९० किलोमिटर रणनीतिक सडक रहेका छन् । गोरखापत्र दैनिक