८ असार २०८३, सोमबार
,
Latest
चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमणकालीन न्याय सम्बन्धी कानून बनेसँगै देउवाले भने: अब देशमा द्वन्द्व र काटमारको अन्त्य हुनेछ



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्याय सम्बन्धी कानून बनेसँगै देशमा द्वन्द्व र काटमारको अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संक्रमणकालीन न्याय सम्बन्धी कानून संसदबाट सर्वसम्मत पारित भइ राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणित भइसकेकोप्रति खुशी व्यक्त गर्नुभयो । उहाँले अब पुरानो द्वन्द्व, काटमारको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले संक्रमणकालीन न्याय सम्बन्धी कानून बनेसँगै नेपाल महत्वपूर्ण दिशामा विकास र अन्य काममा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले एउटा महत्वपूर्ण कुरा के छ भने टिआरसी भनेर हामीले संसदबाट सर्वसम्मतिले पास गरेका छाँै । राष्ट्रपतिज्युबाट पनि प्रमाणीकरण भइसकेको छ । अब पुरानो द्वन्द्व, काटमार जुन थियो, त्यो कुराहरुको अन्त्य हुनेछ भन्ने मलाई विश्वास छ । त्यसले गर्दा अबका दिनमा यस्ता कुराहरु हुने छैनन् । नेपालले अत्यन्तै महत्वपूर्ण दिशामा विकास र अरु काममा अगाडि बढ्नेछ भन्ने मलाई विश्वास छ ।’

सभापति देउवाले अहिलेको गणतन्त्र बहुदलीय व्यवस्थामा आधारित गणतन्त्र रहेको बताउनु भयो । गणतन्त्रलाई स्थायी रुपमा स्थापित गर्न सक्नुपर्ने बताउनु भयो ।