२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वाधार र सिंचाईलाई उच्च प्राथमिकतामा राख्दै रसुवामा बजेट विनियोजन



अ+ अ-

रसुवा। रसुवामा स्थानीय पूर्वाधार र प्रदेश पूर्वाधारको रकमले पूर्वाधार र सिंचाईलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ ।

प्रतिनिधी सभा सदस्य मोहन आचार्यको स्थानीय पूर्वाधारको रु चार करोड, प्रदेश सांसदद्धय प्रभात तामाङ र प्रेम तामाङ प्रदेश पूर्वाधार कार्यक्रमबाट प्राप्त ६ करोड गरी जम्मा १० करोड रुपैँयाले जिल्लाका पाँचवटै गाउँपालिका समेट्ने गरी करिब ७७ वटा आयोजना छनोट गरिएको छ ।

पूर्वाधार विकास अन्तर्गत खानेपानी, सडक, गुम्बा, सामुदायिक भवन, प्रतिक्षालय, मठ मन्दिर आदि छन् । यस्तै, सिंचाई पूर्वाधार र पर्यटन पदमार्ग निर्माणलाई समेत वजेटले समेटेको छ ।

प्रतिनिधी सभा सदस्य आचार्यको संयोजकत्वमा हालै जिल्लामा सम्पन्न निर्देशक समितिले सो आयोजनाहरु परित गरेको हो । यसअघि जिल्ला परामर्श समितिले जनप्रतिनिधी र स्थानीय सरोकारवालाहरु सँगको छलफलपछि आयोजनाहरु छनोट गरी निर्देशक समितिमा पेश गरेको थियो ।