२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप एक हजार २ सय ५५ जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार २ सय ५५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ८ जनाको पिसिआर परीक्षणमा  एक हजार २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

आइतबार  देशभर कोरोना भाइरसको् संक्रमणबाट थप २५ जनाले ज्यान गुमाएसंगै मृत्युहुनेको संख्या एक हजार ४ सय ५४ पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४०४ जना निको भई घर फर्किए छन् । 

अहिलेसम्म नेपालमा २ लाख ३० हजार ७ सय २३ जनामा संक्रमण पुष्टि भइसकेको छ । देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ९ सय ९ जना रहेका छन् भने २ लाख ११ हजार १ सय  ८६ जनालाई निको भइसकेको छ।