२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिले यसरी गर्यो रक्तदान कार्यक्रम, हेरौ यी तस्विर



अ+ अ-

काठमाडौं । रगत अभावले कुनै पनि मानिसले अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिले रक्तदान कार्यक्रम गरेको छ ।  

कोरोना महामारीमा रगतको अभावले कसैलेपनि अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले समितिले आज काठमाडौंमा रक्तदान कार्यक्रम गरेको हो । सम्पर्क समितिका सभापति बाबुराम आचार्यले शनिबार (आज) विहान साढे ९ बजेदेखि दिउँसो साढे २ बजेसम्म रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो । 

समितिले कोरोना माहामारीको चपेटाका कारण संक्रमण भएका काठमाडौं बस्ने सुनसरीबासीलाई हर्लिक्स, च्यावनप्रासलगायतका मनोवल बढ्ने सामाग्री सहयोग गरिरहेको छ । यस्तै माक्स, स्यानिटाईजर, लगायतका स्वास्थ्य सामाग्री पनि समितिले सहयोग गरिरहेको छ । 

कार्यक्रम कोरोना माहामारीका कारण सामाजिक दुरी कायम गर्दै सबै किशिमका स्वास्थ्य मापदण्ड कायम गरी आयोजना गरिएको गरिने आयोजकले बताएको छ । रक्तदानसँगै कोरोना भाईरस सम्बन्धी जनचेतना जगाउने तथा दशैं तिहार छठको चियापान कार्यक्रम समेत गरिएको छ ।




भर्खरै