८ असार २०८३, सोमबार
,
Latest
मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली–बालेन मौनयुद्ध : त्यस्तो दोस्ती कसरी भयो यस्तो ?



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीचको मौनयुद्ध रोचक छ । अहिले ओली र बालेन समर्थकहरु सामाजिक सञ्जालमा आरोप प्रत्यारोप मात्र गरिरहेका छैनन्, एकले अर्को पक्षलाई अनफलो अभियान नै चलाएका छन् ।

विशेष गरी बालेन्द्र शाहका समर्थकहरुले प्रधानमन्त्री ओलीलाई अनफलो गर्ने अभियान तीव्र पारेका छन् । प्रधानमन्त्री ओलीले झन्डै एक लाख फलोअर्स गुमाइसकेका छन् ।

ओली र बालेन्द्रबीच किन मौनयुद्ध सुरु भयो भन्ने पछिल्लो घटना अनौठो छ । बालबालिकालाई श्रममा संलग्न गराएको आरोप लागेकी नेकपा एमालेकी प्रदेशसभा सदस्य रेखा शर्मालाई कारबाही नभएको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख शाह रिसाएका छन् ।

एमाले प्रदेश सभा सदस्य शर्माबारे शाहले फेसबुकमा पोस्ट गरेका थिए । तर त्यो पोस्ट सरकारले हटाइदिएको आरोप उनले लगाएका छन् ।

बालेन्द्रले आफू दोषी भए कारबाही गर्न भन्दै फेसबुकमा अर्को स्टाटस लेखेपछि उनका फ्यान पनि ओलीमाथि खनिएका थिए ।

कसैले रिपोर्ट गरेका कारण उक्त पोस्ट फेसबुकले डिलिट गरिदिएको सचिवालयले दाबी गरेको थियो । त्यसपछि मंगलबार नै बालेनले पोस्ट हटाउने होइन, दोषीलाई करावाही गर्नुपर्यो भन्ने पोस्ट सरकारले हटाइदिएको आशयको स्टाटस लेखेका थिए । त्यसपछि बालेनका समर्थकहरूले ओलीलाई अनफलो थालेका थिए ।

त्यसो त दुई नेताबीचको विगतको सम्बन्ध न्यानो रहेको देखिन्छ । महानगर प्रमुख शाहले एमाले अध्यक्ष केपी ओलीबाट दुई वर्षअघि तबला उपहार पाएका थिए ।

बालकोट निवासको भुइँतलामा कलाकार, लेखकहरूसँग बेलाबखत सत्संग गर्ने ओलीले र्‍याप संगीत हुँदै राजनीतिमा उदाएका युवा मेयरलाई तबला दिएका थिए ।

त्यस बेला प्रतिपक्षमा रहेका ओली डेढ महिनाअघि प्रधानमन्त्री बनेका छन् । स्थानीय सरकारका प्रमुखका रूपमा काठमाडौंका मेयर शाहले संघीय सरकार प्रमुख ओलीसँग भने निरन्तर दूरी बढाउँदै लगेका छन् । र यो दूरी नयाँ सडकको किचलोदेखि फेसबुकका भित्तासम्म फैलिंदो छ ।

दुवैले यो किचलोको औपचारिक स्वामित्व नलिए पनि फेसबुक स्टाटस र कमेन्टका भाषा पढ्दा त्यसको स्रोत स्पष्ट हुन्छ । सिंहदरबारमा आगो लगाउने शाहको फेसबुक धम्की होस् या न्यूरोड विस्तारमा सडक विभागसँग परेको किचलो, यो दूरी निरन्तर बढ्दो छ ।

सुरुमा शाहलाई युवा पुस्ताको प्रतिनिधि भन्दै प्रोत्साहन दिंदै आएका ओलीले यतिबेला भने घुमाउरो आलोचना गर्न थालेका छन् । मेयर शाहले गिरिबन्धु टी इस्टेटको जग्गा प्रकरणमा निरन्तर आफूलाई मुछ्दै अभिव्यक्ति दिन थालेपछि ओलीले केही समयअघि उनको नाम नलिई आलोचना गरेका थिए ।

चुनाव जितेपछि ओलीको धाप पाएका शाहले रचनात्मक काममा सहयोग समेत पाउने प्रतिबद्धता लिएर बालकोटबाट फर्केका थिए । तर विभिन्न निर्णय र कार्यशैलीका कारण शाहको सम्बन्ध स्थानीय तहमा एकैनाश रहन सकेन । उपमेयर सुनिता डंगोल लगायत कतिपय वडाध्यक्षले शाहको कार्यशैलीबारे प्रश्न उठाउन थालेका छन् ।