२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासंघको नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुदै



अ+ अ-

 काठमाडौ ।  नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि आज मतदान प्रक्रिया सुर भएको छ ।  महासंघको शुक्रबार बाट सुरु भएको ५४ औं वार्षिक साधारणसभाअन्तर्गत  नयाँ कार्यसमिति चयनका लागि  निर्बाचन प्रक्रिया सुरु भएको हो ।  

महासंघको बिधान अनुसार बरिष्ठ उपाध्यक्ष स्वतः महासंघको अध्यक्ष बन्नु हुने छ भने बरिष्ठ उपाध्यक्षका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान  टिम सहित  प्रतिस्प्रर्धामा  रहनु भएको छ । सनिबार बिहान आठ बजे बाट मतदान प्रक्रिया सुरु गर्ने  महासंघको निर्बाचन सचिवालयले जनाएको छ ।

 सचिवालयका अनुसार महासंघको केन्द्रीय कार्यालय टेकु, कार्की व्याङ्केट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचनको स्थान निर्धारण गरिएको छ ।  जस अनुसरा प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्योग वाणिज्य समूह, कार्की व्याङ्केट बबरमहलमा एशोसिएट सदस्य समूह र नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय टेकुमा बस्तुगत संघ समूहका मतदाताले मतदान गर्ने  व्यवस्था मिलाइएको छ ।

गत चैतमा   नै हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण पटक–पटक स्थगित भै   मंसिर ११ गते देखि सुरु भएको थियो ।