२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व बैंकको सहयोगमा देशभरका मुख्य सडक मर्मत गरिने, लागत झण्डै रु ८ अर्ब



अ+ अ-

काठमाडौं । सडक विभागले देशभरका मुख्य राजमार्गमा तीन हजार ३०० किमी सडकमा आवधिक मर्मतको काम गर्ने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा देशभरका मुख्य सडक (कोर रोड नेटवर्क) मा मर्मत गर्न लागिएको हो । आगामी पाँच वर्षमा मर्मत गरिसक्ने गरी सम्झौता भएको  विभागले जनाएको छ । सवारी साधनको चाप बढी भएका सडकमा मर्मत गर्न लागिएको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताउनुभयो । उहाँका अनुसार पूरै बिग्रिएर पुनःस्थापना गर्ने सडकभन्दा पनि निर्माण भएको केही वर्ष भएकाले मर्मत चाहिने सडक छनोट गरिनेछ । उहाँले भन्नुभयो, “सडकअनुसार फरकफरक किमिको मर्मत चाहिन सक्छ ।”

सडक बोर्ड नेपालले वार्षिकरुपमा गर्दै आएको मर्मतभन्दा फरक सडकमा मर्मत गर्न लागिएको हो । सो मर्मतमा सडकको एक तह थप हुने अधिकारीले बताउनुभयो । सामान्यतया सडक निर्माण गरिएको ५/६ वर्षमा मर्मत गर्नुपर्ने हुन्छ । कतिपय सडक त्यसभन्दा धेरै वर्षसम्म मर्मत हुन नसकेकाले अहिले गर्न लागिएको हो । अहिले मर्मत गर्न लागिएको सडकमा मुग्लिन–नागढुङ्गा सडक, कमला–ढल्केबर सडकलगायत छन् । स्थानीयस्तरमा समन्वय गर्ने काम डिभिजन सडक कार्यालयहरुले गर्नेछन् । गत असारमा सम्झौता भएकामा सो काम आगामी २०८२ सम्ममा मर्मत गर्नुपर्नेछ । यसको लागत झण्डै रु ८ अर्ब रहनेछ ।