२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दूराष्ट्र र राजसंस्थाको एजेण्डाको मूल संवाहक राप्रपा नेपाल : कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र र राजसंस्थाको एजेण्डाको मूल संवाहक राप्रपा नेपाल भएको बताएका छन् ।

काठमाडौंको जोरपाटीमा आयोजित क्षेत्रीय प्रशिक्षणमा बोल्दै थापाले सत्ता केन्द्रीत होइन सिद्धान्त केन्द्रित नीति र आन्दोलनलाई केन्द्रमा राखेर राष्ट्रबादी शक्ति एक ठाउँमा आउनुपर्नेमा समेत जोड दिए ।

थापाले नेपाली राजनीति ध्रुविकृत हुँदै गरेकोले साम्यवादी/पुँजिवादी शक्तिहरूको विकल्पमा राष्ट्रवादी शक्तिहरु पनि एक हुनुपर्ने जरुरी भएको बताएका छन् । विगतका त्रुटिबाट सबैले पाठ सिकेर अघि बढ्नु पर्नेमा जोड दिदै थापाले एकताको न्युनतम शर्त ’सत्ता केन्द्रित होईन सिद्धान्तकेन्द्रित नीति र आन्दोलन’ हुनुपर्ने समेत स्पष्ट पारे । उनले ०८४ साल अगावै भ्रष्ट शासकहरूबाट देशलाई मुक्त गर्नु पर्ने भएकोले आन्दोलनको तयारी गर्नुपर्ने आबश्यकता औल्याएका छन् ।

स्थानीय तहको उपनिर्बाचन हुने भएकोले अहिलेदेखी तयारीमा जुट्न थापाले निर्देशन समेत दिए । मुलुकमा सर्बसत्ताबादी अभ्यास गर्ने प्रयास भैरहेको भदै थापाले भ्रष्टाचार र कुशासनलाई छोप्न अनेक तानाबाना बुनिन थालिएको भन्दै त्यसको प्रतिबाद गर्नुपर्ने समेत उनको धारणा थियो । कार्यक्रममा पार्टीका नेताहरु डाक्टर बिष्णु भण्डारी, राजाराम बर्तौला, धिरज भण्डारी ,उज्वल पोखरेल लगायतले बोलेका थिए ।




भर्खरै