२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमानले लगाए २६७ करोडको घडी



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सलमान खानले हालै अमेरिकी लक्जरी घडी र ज्वेलरी ब्रान्ड ज्याकब एण्ड कम्पनीका मालिक ज्याकब अरावोलाई भेटेका थिए ।

यस अवसरमा ज्याकबले सलमानलाई आफ्नो लक्जरी घडी बिलियनियर आईआईआई लगाउन लगाएका थिए । विशेष कुरा के छ भने यो घडीको मूल्य १६७ करोड भारु (नेपाली करिब २६७ करोड) छ र यसमा ७१४ सेतो हीरा जडिएको छ ।

आफ्नो इन्स्टा अकाउन्टमा यो भिडियो सेयर गर्दै ज्याकबले लेखेका छन्, ‘मैले कहिल्यै कसैलाई ‘बिलियनेयर’ लगाउन दिइनँ, तर सलमान अरूभन्दा फरक छन् ।’

क्लिपमा ज्याकबले सलमानलाई आफ्नै हातले घडी लगाएको देखिन्छ । त्यो लगाएपछि सलमानले उनलाई अँगालो हालेर क्यामेरातिर हात देखाए र लग्जरी घडी देखाए ।

बिलियनेयर आईआईआई एक लक्जरी घडी हो जसको मूल्य २६७ करोड रुपैयाँ रहेको बताइएको छ । यसमा १५२ वटा सेतो हीरा र ७६ वटा हीरा जडिएका छन् । यस घडीको ब्रेसलेटमा ५०४ सेतो कट हीरा छन् ।

यो २१६ क्यारेटको घडीमा पहेंलो हीरा पनि जडिएको छ । म्याडोना, रिहाना र क्रिस्टियानो रोनाल्डोजस्ता अन्तर्राष्ट्रिय सेलिब्रेटीहरू ज्याकब अरावो घडी र गहना लगाउँछन् ।

कामको कुरा गर्दा सलमानको अर्को फिल्म ‘सिकंदर’ रहेको छ । अहिले उनी मुम्बईमा यो फिल्मको सुटिङ गरिरहेका छन् । यसलाई एआर मुरुगादासले निर्देशन गर्दैछन् भने साजिद नाडियाडवालाले निर्माण गरिरहेका छन् । फिल्ममा सलमानका अलावा रश्मिका मन्दना, प्रतिक बब्बर र सत्यराज पनि देखिनेछन् । आगामी वर्षको इदमा फिल्म रिलिज हुनेछ ।