२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिएपी पाइयो, युरिया अझै अभाव



अ+ अ-

लहान । डिएपी मल आएपछि सिरहामा आजदेखि रासायनिक मलको बिक्री वितरण शुरु भएको छ । गहुँबाली लगाउनै लाग्दासमेत मल नपाएपछि निराश बनेका सिरहाका किसानलाई लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कार्पोरेशनले डिएपी मलको बिक्री वितरण शुरु गरेको हो । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट मल आएपछि सहकारी संस्थाका डिलरमार्फत किसानलाई डिएपी मल वितरण गर्न थालेको कृषि सामग्री कम्पनी लिमिटेड लहानका प्रमुख जीवनराज पौडेलले जानकारी दिनुभयो । 

“हामीलाई दुई दिनअघि कोटा छुट्टयाएर ३३० मेट्रिक टन डिएपी वितरणका लागि मल प्राप्त भएको छ”, प्रमुख पौडेलले भन्नुभयो, “मल आए लगत्तै बिक्री वितरण शुरु गरेको र सहकारी डिलरमार्फत अहिलेसम्म १५० मेट्रिक टन वितरण गरिसकेका छौँ ।” अब हामीसँग १८० मेट्रिक टन डिएपी मल गोदाममा मौज्दात रहेको प्रमुख पौडेलको भनाइ छ । 

यस्तै साल्टट्रेडिङ कार्पोरेशनले पनि डिएपी मलको बिक्री वितरणको तयारी थालेको छ । “हामीलाई ७६० मेट्रिक टन अर्थात् १० हजार बोरा डिएपी मल प्राप्त भएको छ”, साल्ट ट्रेडिङ कार्पोरेशन लहानका प्रमुख जीतेन्द्र साहले भन्नुभयो, “गाउँ गाउँमा सहकारीको डिलर बनिसकेको छैन, जसका कारण मल बिक्री वितरण गर्न समस्या भइरहेको छ ।” सहकारीको डिलर बन्ने वित्तिकै डिएपी मलको बिक्री वितरण शुरु गरिने प्रमुख साहको कथन छ ।

सिरहामा डिएपी मल आए पनि युरिया मल भने अभाव रहेको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कार्पोरेशन लहानले जनाएको छ । गहुँबाली छर्ने बेला भएकाले डिएपी र युरिया मलको माग बढे पनि लामो समयदेखि आपूर्ति नहुँदा सिरहामा डिएपी र युरिया मलको आभाव भएको छ । सरकारी अनुदानको डिएपी र युरिया मल वितरणको जिम्मा सिरहामा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले पाएका छन् । सिरहामा कूल खेतीयोग्य ६० हजार ७०० हेक्टर क्षेत्रफलमध्ये ७० प्रतिशत क्षेत्रफलमा गहुँखेती हुने गरेको कृषि ज्ञान केन्द्र सिरहाले जनाएको छ । रासस 




भर्खरै