२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ दुर्घटना: पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष बुढाको मृत्यु



अ+ अ-

बागलुङ । गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जीप दुर्घटनामा गाउपालिका उपाध्यक्षसहित ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा रुकुमपुर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढामगरसहित ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

पुथा उत्तरगंगा गाउँपालिका १२ घर भएकी ३३ वर्षीय पाध्यक्ष बुढाको दुर्घटनामा मृत्यु भएको बागलुङ प्रहरी प्रवक्ता डीएसपी विजय यादवले जानकारी दिए ।अन्य दुई जनाको भने पहिचान हुन बाँकी छ ।

आज बिहान पौने ९ बजेतिर रा १ झ २०० नम्बरको सरकारी गाडी  भुङखानीमा दुर्घटना भएको थियो ।  घाइतेहरुलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ ।