२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वतन्त्र न्यायपालिकाप्रति प्रतिबद्ध छौँ – अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वतन्त्र न्यायपालिको गरिमामाथि आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ । अध्यक्ष दाहालको सचिवालयले मंगलबार एक प्रेस नोट प्रकाशित गरी गत कात्तिक २८ गते हाम्रो पार्टीको सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा प्रस्तुत गरिएको विषय स्वतन्त्र न्यायापालिकाको गरिमा सँग सम्बन्धित नभएको उल्लेख गरेको छ ।

प्रेस नोटमा भनिएको छ, “न्यायपालिकाको मर्यादा र गरिमामाथि नभई बाहिर चर्चामा आएको विषयको आधारमा प्रधानमन्त्रीको न्यायपालिकासम्बन्धी धारणाबारे स्पष्ट हुन मात्र खोजेको र स्वतन्त्र न्यायपालिका र यसका सम्माननीय प्रमुखसँग त्यसको कुनै सम्बन्ध नरहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले स्पष्ट गर्नुभएको छ ।” अध्यक्ष दाहालले सचिवालयका अन्य सदस्यसहितको सहमतिमा राजनीतिक प्रस्ताव प्रस्तुत गरिएको थियो । नेकपाको सचिवालय बैठक यही कात्तिक १३ गते बस्ने कार्यक्रम छ ।