२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा गर्मीको उच्च रेकर्ड कायम



अ+ अ-

एजेन्सी । जापानका अधिकांश भागहरू कान्टोदेखि क्युसुसम्म शनिबार ग्रीष्मको अन्तिम समयमा तीव्र गर्मीको अनुभव भएको देशको मौसमसम्बन्धी निकायले जनाएको छ ।

जापानको मौसम विज्ञान निकाय (जेएमए)ले देशभरका ९१४ निगरानी स्थानहरूमध्ये ५४२ मा ३० डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रम रेकर्ड गरेको छ ।

नागासाकी प्रिफेक्चरको मिनामिशिमाबारा सहरमा राष्ट्रव्यापी सबैभन्दा बढी तापक्रम ३७.८ डिग्री सेल्सियस रहेको तथ्याङ्कले देखाएको छ ।

मध्य टोकियोको चियोडामा ३४.५ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ । जेएमएका अनुसार चियोडामा सन् १९४२ सेप्टेम्बर १२ मा ३५ डिग्री तापक्रम रेकर्ड गरेको थियो ।

जेएमएका अनुसार आइतबार मौसम परिवर्तन हुने अपेक्षा गरिएको छ । उत्तरबाट पूर्वी जापानको दक्षिणतर्फ सर्ने मौसमी चक्रले कान्टो–कोशिनजस्ता क्षेत्रमा वर्षा ल्याउनेछ । जापानको राजधानी टोकियोको तापक्रम त्यसपछि पनि ३४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।