२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्देशन उल्लंघन गर्ने कम्पनीहरुलाई आर.बी.आईले ५.७८ करोड लगायो जरीवाना



अ+ अ-

काठमाडौं । रिजर्व बैंक अफ इन्डिया (आर.बी.आई) ले रेगुलेटरी गाइडलाइन्स उल्लंघन गरेको आरोपमा ६ वटा कम्पनीहरूलाई ५.७८ करोड जरिवाना लगाएको छ । आर.बी.आईले जारी गरेको विज्ञप्तिमा भनिएको छ “यो जरिवाना भुक्तानी र सेटलमेन्ट सिस्टम ऐन २००७ धारा ३० अन्तर्गत लगाइएको छ । आर.बी.आईले जरिवाना गरेका कम्पनीहरूमा पंजाब नेशनल बैंक (पीएनबी) र ५ नन बैंक प्रीपेड पेमेन्ट कम्पनीहरु रहेका छन् ।

सोडेक्सोलाई सबैभन्दा बढी २ करोड जरिवाना गरिएको विज्ञप्तिमा जारी गरिएको छ । पीएनबी र क्विकक्लीवर सोल्युसनलाई १.१ करोड जरिवाना गरिएको छ । फोन पे मा १.३९ करोडको जरिवाना लगाइएको छ । मुथुट व्हीकल र असेट फाइनान्सलाई ३४.५५ लाख जरिवाना गरिएको छ । यस्तै, दिल्ली मेट्रो रेल कर्पोरेशनलाई ५ लाख जरिवाना गरिएको छ ।




भर्खरै