२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आतिशी दिल्लीको मुख्यमन्त्री बन्ने



अ+ अ-

एजेन्सी । आम आदमी पार्टी (आप) का नेता गोपाल रायले मङ्गलबार चाँडै निर्वाचनका लागि पार्टीको माग दोहोर्याउँदै जनताले अरविन्द केजरीवाललाई ‘ठूलो’ बहुमतले निर्वाचित नगरेसम्म आतिशीले दिल्लीको मुख्यमन्त्रीको जिम्मेबारी वहन गर्नुहुने बताउनुभएको छ ।

“अरविन्द केजरीवालले राजीनामा दिने निर्णय गर्नुभएपछि आज संसदीय दलको बैठकमा आगामी निर्वाचन नभएसम्म दिल्लीको मुख्यमन्त्रीको जिम्मेबारी आतिशीले लिनुहुने निर्णय भएको छ”, उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो, “हामी अक्टोबर–नोभेम्बरमा चाँडोभन्दा चाँडो निर्वाचन गर्न चाहन्छौँ र जनताले केजरीवाललाई निर्वाचित गर्नेछन् ।”

उहाँका अनुसार बैठकमा विधायकहरूले आतिशीलाई दुईवटा जिम्मेबारी दिएका छन् । पहिलो भारतीय जनता पार्टी (भाजपा) को अवरोधका बाबजुद काम जारी राख्नु र अर्को आपले प्रयोग गर्ने सबै रणनीतिबाट दिल्लीका जनतालाई बचाउनु रहेको छ ।

रायले दिल्लीका मुख्यमन्त्री केजरीवालले आज आफ्नो पदबाट राजीनामा दिने र पुन: नयाँ सरकारको दाबी प्रस्तुत गर्ने जानकारी दिनुभयो ।

केजरीवालको उत्तराधिकारीका रूपमा आतिशी चयन भएपछि सञ्चारमाध्यमसँग कुरा गर्दै दिल्ली सरकारका मन्त्री कैलाश गहलोतले भन्नुभयो, “सबैले आतिशीको नाममा सर्वसम्मति जनाए ।” गहलोतलाई मुख्यमन्त्री पदका लागि सम्भावित उम्मेदवारका रूपमा हेरिएको थियो ।

आपका राष्ट्रिय संयोजक तथा दिल्लीका मुख्यमन्त्री केजरीवालले मङ्गलबार पार्टी संसदीय दलको बैठकमा आफ्नो उत्तराधिकारीका लागि आतिशीको नाम प्रस्ताव गर्नुभयो । राष्ट्रिय राजधानीमा आफ्नो आवासमा बसेको संसदीय दलको बैठकमा राख्नुभएको उक्त प्रस्तावलाई विधायकहरूले समर्थन गरेका थिए ।

शनिबार केजरीवालले दिल्लीका जनताले आफूलाई ‘इमान्दार’ घोषणा नगरेसम्म मुख्यमन्त्री नबन्ने भन्दै पदबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो । जनताले पुन: निर्वाचित गरेको अवस्थामा त्यो आफ्नो इमान्दारीको ‘प्रमाणपत्र’ हुने उहाँले बताउनुभयो ।

कथित दिल्ली उत्पादन शुल्क नीति घोटालासँग सम्बन्धित भ्रष्टाचार मामिलामा सर्वोच्च अदालतले जमानत दिएपछि तिहाड जेलबाट रिहा भएको दुई दिनपछि ५४ वर्षीय केजरीवालले उक्त घोषणा गर्नुभएको हो ।

उहाँले राष्ट्रिय राजधानीमा फेब्रुअरीमा हुने निर्वाचनअघि यस वर्षको नोभेम्बरमा निर्वाचन गराउन आह्वान गर्नुभएको छ ।