२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
राष्ट्रपति रनिङ सिल्डमा बागमती टिम च्याम्पियन विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलिदेखि सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने



अ+ अ-

काठमाडौँ । संविधान दिवसको अवसरमा धरहरा अस्थायी रूपमा सर्वसाधारणका लागि निःशुल्क खुला गरिने भएको छ ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गतेदेखि धरहरा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार भोलिदेखि धरहरा सञ्चालनमा आउन लागेको हो ।

भोलिदेखि धरहरामा दैनिक करिब ५०० जनालाई चढ्न दिने गरी व्यवस्थापन गर्न लागिएको छ । अर्को निर्णय नभएसम्मका लागि धरहराको प्रवेश टिकट निःशुल्क गरिने बताइएको छ । धरहराभित्रको पार्किङ पनि निःशुल्क हुनेछ ।

दुई वटा विद्युतीय लिफ्टको प्रयोग गरेर धरहरा चढ्नेहरुले माथि पुग्न र तल झर्न सक्नेछन् । धरहरा चढेकाहरुले करिब १० मिनेट मात्रै यसको बार्दली क्षेत्रमा बिताउन पाउने तथा फोटो भिडियो खिच्न समेत दिइने छ ।

अहिलेसम्म धरहरा निर्माणको ९५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । तत्कालीन समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले ११ वैशाख २०७८ मा आधा काम सम्पन्न हुन नपाउँदै धरहराको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटनपछि पनि निर्माण चलिरहेकाले धरहरा चढ्नका लागि खुला गरिएको थिएन । ओली पुनः प्रधानमन्त्री भएपछि धरहरा चढ्न पाउने प्रबन्ध मिलाउने गरी मन्त्रिपरिषदबाट निर्णय गर्नुभएको हो ।