२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित



अ+ अ-

सिजन मिडियाको आफ्नो १६औं स्थापना दिवस तथा संविधान दिवस २०८१ को अवसरमा कुपन्डोलस्थित होटल हिमालयनमा नेपाल लगायत एशियाका विभिन्न देशका सफल व्यवसायिक व्यक्तित्वहरुलाई विभिन्न अवार्डबाट सम्मानीत गर्दै एशियन प्रोफेसन अचिभमेन्ट अवार्ड २०२४ भव्यतापूर्वक सम्पन्न गरेको छ ।

असोज २ गते बुधबार साँझ राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अवार्ड तथा सम्मान कार्यक्रममा ग्लोबल डिप्लोमेसि एण्ड इकोनोमिक एक्सिलेन्स अवार्डबाट नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका मानार्थ वाणिज्य दूत समेत उद्यमी, व्यवसायी राजेश काजी श्रेष्ठ, आउटस्ट्याण्डिङ लिडरशीप इन बैंकिङ अवार्डबाट बैंकर सुनिल के.सी., लिडरशीप एक्सिलेन्स इन नेफ्रोलजी एण्ड पब्लिक हेल्थ सर्भिस अवार्डबाट चिकित्सक डा.अनिल पोखरेल, आइकोनिक बिजनेस आन्टरप्रिनरशीप अवार्डबाट उद्यमी व्यवसायी क्याबिनेट श्रेष्ठ, भिजनरी एडुुकेटर एण्ड रिसर्चर अवार्डबाट डा. स्वागत श्रेष्ठ, भिजनरी लिडर इन नन् लाइफ इन्सुरेन्स अवार्डबाट युगेश भक्त बाडे श्रेष्ठ, ग्लोबल एडुकेशन लिडरशीप अवार्डबाट महेन्द्र राज कँडेल, ग्लोबल पिस एण्ड ह्युमानिटेरियन लिडरशीप अवार्डबाट डा। पियारत्न महर्जन, आउटस्ट्याण्डिङ जर्नालिजम अवार्डबाट मनऋशी धिताल, डिस्टिङग्वीस्ड मिडिया प्रोफेसनल अवार्डबाट निर्मला शर्मा, मिडिया एण्ड फेसन आन्टरप्रिनरशीप अवार्डाबाट पूर्व मिस नेपाल एवं उद्यर्मी उषा खड्गी, एक्सिलेन्स इन् भिडियो जर्नालिजम अवार्डबाट शिव पंगेनी, डिजिटल फाइनान्स इनोभेटर अफ द इयर अवार्डबाट अमित अग्रवाल, आइकोनिक पर्फमर अवार्डबाट गायिका इन्दिरा जोशी, आउटस्ट्याण्डिङ लोकल गभरनेन्स अवार्डबाट शुक्र चुमन, सुनिता अधिकारीलाई वुमन आन्टरप्रिनरशी अवार्ड, डायस्पोरा लिडर इन मिडिया एण्ड कम्युनिटी अवार्डबाट प्रदीप तिमिल्सिना, इन्सिपायरिङ युथ आन्टरप्रिनरशीप अवार्डबाट डभिल सिंह राजपूत ले अवार्ड ग्रहण गर्नु भएको थियो ।

आ आफ्नो कर्म क्षेत्रमा लामो समयको निरन्तरता, उपस्थिति र उल्लेखनीय उपलब्धी संगै सो क्षेत्रको श्रीवृद्धिमा अतुलनीय योगदान दिएका विभिन्न नेपाली व्यवसायिक व्यक्तित्व बाहेक एशियन प्रोफेसनल अचिभेन्ट अवार्ड २०२४ले विभिन्न मुलुकका व्यवसायिक सफलता हात पारेका व्यक्तिहरुलाई पनि विभिन्न अवार्डबाट सम्मानीत गरेको थियो ।

जस अन्तर्गत दक्षिण कोरीयावाट इनोभेटिभ लिडरशीप इन एस्थेटिक एक्सिलेन्स अवार्डबाट मा डोङशु, पाकिस्तानका वाहेब सलिम चुङताईलाई फोटोजर्नलिजम अचिभमेन्ट अवार्ड, चीनका झाङ जिनसियाङलाई एग्रिकल्चरल इनोभेसन एण्ड ट्र्ड लिडरशीप अवार्ड, भियतनामकी युई सिबाओलाई ग्लोबल ह्युम्यानिटेरियन एण्ड क्युलिनरी इनोभेटर अवार्ड, थाईल्याण्डकी वाडसना राईलाई एक्जेप्लेरी लिडरशीप अवार्ड, चीनका सु छुईलाई भिजनरी फोटोग्राफर एण्ड कल्चरल एड्भोकेशी अवार्ड, बंगलादेशका मोनिरुल इस्लाम शाबुजलाई एक्सिलेन्स इन् फोटोजर्नलिजम अवार्ड, पाकिस्तानका मोहशीन मशुद दारलाई एक्सिलेन्स इन् हस्पिटालिटी लिडरशीप अवार्ड, मलेसियाकी डा.जयामालिनी इएगानाथनलाई ग्लोबल एक्सिलेन्स इन् एजुकेशन एण्ड सस्टेनेबिलिटी अवार्ड तथा भारतका सिद्धार्थ चावलालाई पायनियर इन् ग्लोबल एक्सपान्सन एण्ड अपरेसनल एक्सिलेन्स अवार्ड प्रदान गरिएको थियो ।

संचारकर्मी सहित विभिन्न क्षेत्र आमन्त्रीत लब्ध प्रतिष्ठित व्यक्तिहरुको बाक्लो उपस्थितिका वीच सम्पन्न सो अवार्ड कार्यक्रममा विभिन्न अवार्डबाट सम्मानीत भएकाहरुलाई कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अवार्ड हस्तान्तरण गरेका थिए । भने पूर्व भौतिक मन्त्री प्रकाश ज्वाला र सांसद राजेन्द्र वजगाइले शुभकामना तथा बधाई मन्तव्य व्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रम फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यको संचालनमा सम्पन्न सो कार्यक्रम सिजन मिडियाका प्रमुख प्रदिप राज वन्तको स्वागत मन्तव्य संगै अगाडि बढेको थियो ।