२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेलबाट कुमारीबाट टीका एवम् प्रसाद ग्रहण



अ+ अ-

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राको अन्तिम दिन शनिबार साँझ हनुमानढोका दरबार क्षेत्र वसन्तपुर पुगेर कुमारीबाट टीका एवम् प्रसाद ग्रहण गर्नुभएको छ ।

साथै राष्ट्रपति पौडेलले सो अवसरमा श्रीगणेश, श्रीकुमारी र श्री भैरवको दर्शन गर्नुभयो ।

टीका एवम् प्रसाद ग्रहण पछि राष्ट्रप्रमुखले कुमारीसंग खड्ग साट्ने परम्परा अनुसार राष्ट्रपति पौडेलले खड्ग साटनुभयो ।

भाद्रशुक्ल द्वादशिका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थन गरी शुरू हुने यो जात्रा काठमाडौ उपत्यकामा मनाइने सबैभन्दा लामो जात्रा  हो ।