२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकामा कुनै उम्मेदवारले पाएनन् ५० प्रतिशत मत, अब दोस्रो चरणको मतगणना हुने



अनुरा कुमारा दिसानायका
अ+ अ-

एजेन्सी । श्रीलङ्काको निर्वाचन आयोगका अध्यक्ष आरएमएएल रत्नायकेले आइतबार श्रीलङ्काको राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणको मतगणनामा प्रवेश गरेको बताएका छन् ।

रत्नायकेले निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त नगरेको र निर्वाचन ऐन २०४८ अनुसार दोस्रो गणना आवश्यक रहेको बताएका हुन् ।

नेशनल पिपुल्स पावर (एनपीपी)का अनुरा कुमारा दिसानायका र समागी जन बलवेगा (एसजेबी) का सजिथ प्रेमदासाले दोस्रो चरणको मतगणनाका लागि योग्य भएका छन् ।

वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घे निर्वाचनको प्रतिस्पर्धामा पहिलो चरणबाट बाहिरिएका छन् ।

श्रीलंकाली मिडियाहरुका अनुसार अनुराको ४४ प्रतिशत मत आउँदा वर्तमान राष्ट्रपति रनिल बिक्रमासिंगेको १७ र सजिथ प्रेमादशाको ३३ प्रतिशत मत आएको छ ।

सबै मतगणना केन्द्रलाई दोस्रो र तेस्रो वरीयताको गणनामा गएर नतिजा आयोगमा पठाउन भनिएको उनले जानकारी दिए।

श्रीलङ्काको चुनावी इतिहासमा दोस्रो चरणको मतगणना गर्नुपर्ने यो पहिलो राष्ट्रपतीय निर्वाचन भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।