२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकाका नयाँ राष्ट्रपतिले संसद भंग गरे



अ+ अ-

एजेन्सी । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले बुधबार देशको संसद विघटन गरेका छन् । यो आदेश आज राति १२ बजेदेखि लागू हुनेछ । उनले नोभेम्बर १४ मा निर्वाचन गर्ने घोषणा पनि गरेका छन् ।

संसदको कार्यकाल अगस्ट २०२५ सम्म थियो । तर अनुरा दिसानायकेले चुनावी प्रचारका क्रममा ४५ दिनभित्र संसद विघटन गर्ने वाचा गरेकाले ११ महिनाअघि नै विघटन गर्ने निर्णय गरिएको हो । राष्ट्रपति दिसानायकेले आगामी नोभेम्बर २१ मा संसदको बैठक बोलाउने बताए ।

श्रीलंकाको संसदमा कुल २२५ सीटहरू छन् । तर, अनुरा कुमारा दिसानायकेको गठबन्धन नेशनल पिपुल्स पार्टीसँग आफ्नो नीति कार्यान्वयन गर्न संसदमा बहुमत सांसद हुनु जरुरी छ । त्यसैले उनले संसद विघटन गर्ने निर्णय गरे ।

श्रीलंकामा पनि हरेक पाँच वर्षमा संसदीय चुनाव हुन्छ । पछिल्लो चुनाव २०२० मा भएको थियो ।

राष्ट्रपति अनुरा कुमार दिसानायकेले हरिणी अमरसूर्यालाई देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । मंगलबार उनले पद तथा गोपनियताको सपथ लिइन् । पहिलो पटक सांसद बनेकी हरिणी श्रीलंकाकी तेस्रो महिला प्रधानमन्त्री हुन् ।