३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एएफसी यू–२० छनोटमा उज्वेकिस्तानसँग नेपालको लज्जास्पद हार



अ+ अ-

काठमाडौँ । एएफसी यू–२० एसिया कप छनोटमा नेपालले दोस्रो हार ब्यहोरेको छ। बुधबार चाइनिज ताइपेईमा भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ६–० गोलले पराजित भएको हो ।

यसअघि नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ गोलले हारेको थियो । दोस्रो खेलमा भने नेपालले चाइनिज ताइपेईलाई ३–१ गोलले हराएको थियो ।

दोस्रो हारसँगै नेपालको एसिया कपमा छनोट हुने सम्भावना कमजोर बन्न पुगेको छ । नेपालको शीर्ष स्थानमा पुग्ने सम्भावना सकिएको छ भने दोस्रो हुने सम्भावना समेत कमजोर भएको छ ।

समूहबाट शीर्ष हुने टोली यू–२० एसिया कप २०२५ मा छनोट हुनेछ । दोस्रो हुने टोलीको पनि एसिया कपमा पुग्ने सम्भावना छ ।

अब नेपालले समूहको अन्तिम खेल शुक्रबार बहराइनसँग खेल्नेछ ।