२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुस्ता पुल त्यसक्षेत्रका नागरिकको जोखिमपूर्ण यात्राको समाधान दिएको छ: राष्ट्रपति



अ+ अ-

नवलपरासी । राष्ट्रपति रामचन्द्र पौडेलले नदी तरितराउको अभावमा बर्षोदेखि सुस्ता क्षेत्रका नागरिकले आफ्नो दैनिक जीवन सञ्चालनका लागि डुंगाको भर परी जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्थाबाट अब समाधान भएको बताउनुभएको छ ।

उँहाले शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन बृज डिभिजनद्वारा निर्मित त्रिवेणी महेशपुर (सुस्ता)मल्टिस्पान झोलुङ्गे पुलको उद्घघाटन समारोहमा बिहीबार बोल्दै यो पुल निर्माणले उक्त समस्याको समाधान गरेकोमा खुसी पनि ब्यक्त गर्नुभयो । डबल स्प्यानको सो झोलुङगे पुल १५७१ मिटर लामो छ।

राष्ट्रपति पौडेलले यस झोलुङ्गेपुलको निर्माणले सुस्ता क्षेत्रमा उत्पादन हुने कृषि उपजले उपयुक्त बजार पाउने र यहाँका बासिन्दालाई आवश्यक पर्ने बस्तु तथा सेवाहरूको सहज पहुँच हुने अवस्था सिर्जना गरेको उल्लेख गर्दै सुस्ता क्षेत्रमा उपलब्ध नभएका शैक्षिक तथा स्वास्थ्य सेवाको सरल र सहज पहुँचमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँंले पुलको अभावमा सरकारी सेवा लिन २–३ दिनको समय लगाएर जोखिमपूर्ण यात्रा गरी गाउँपालिकाको केन्द्र तथा सदरमुकाम पुग्नुपर्ने अवस्थाको अन्त्य भई अत्यावश्यक सेवा छोटो समयमै लिन सकिने अवस्था सिर्जना भएको पनि बताउनुभयो ।

राष्ट्रपति पौडेलले हिन्दु धर्मावलम्वीहरूको पवित्र तपोभूमिको रुपमा रहेको त्रिवेणी धाम नजिकै रहेको नारायणी नदीमाथि निर्माण भएको नेपालकै लामो यस झोलुङ्गे पुलको निर्माणले यस क्षेत्रमा पर्यटकलाई समेत आकर्षित गर्ने सम्भावना बोकेको बताउँंदै पुलको निर्माणले नेपालकै लामो झोलुङ्गे पुल भएको जिल्लाको रुपमा यस जिल्ला र क्षेत्रको नयाँ परिचय निर्माण भएको उल्लेख गर्नुभयो ।

उहाँंले नारायणी नदी पारीको भूभागमा पुल निर्माण भैसकेपश्चात सोही झोलुङ्गे पुलको प्रयोग गरी विद्युतीय लाईन समेत निर्माण गर्न सम्भव भएको र सुस्ताबासीलाई उज्यालो प्रदान गर्ने कार्य समेत सम्पन्न गरेकोमा निर्माणमा सहभागि सबैलाई धन्यवाद पनि दिनुभयो ।