२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रिमियर लिग रोक्न सर्वोच्चमा रिट निवेदन दर्ता



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

एनपिएल आफ्नो नाममा दर्ता भएको भन्दै जोरा स्पोर्टस म्यानेजमेन्टका तर्फबाट आमीर अख्तरले रिट दायर गरेका हुन् । उक्त रिटको न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पेसी तोकिएको छ।

नेपाल क्रिकेट संघले १० वर्षका लागि एनपिएल सम्वन्धी सम्पूर्ण सर्वाधिकार आफूलाई दिएकाले अहिले अरू नै कम्पनीमार्फत सञ्चालन गर्न नमिल्ने आमीर अख्तरको भनाई छ । उनले क्यानले जानकारी नै नदिई अन्य कुनै कम्पनीलाई दिएको र भनेकै आधारमा सञ्चालन गर्न नमिल्ने जिकिर गरे ।

पूर्वक्रिकेटर समेत रहेका आमिर अख्तरले यसअघि पनि आफूसँग सहमति नगरी नेपाल प्रिमियर लिग सञ्चालन नगर्न क्यानलाई चेतावनी दिएका थिए ।

नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चायज क्रिकेट लिग एनपीएल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ । एनपीएलमा कर्णाली याक, विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी र सुदूरपश्चिम गरी ८ टिम सहभागी छन् ।