२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रिमियर लिगविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) रोक्न माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ

एनपिएल आफ्नो नाममा दर्ता भएको भन्दै जोरा स्पोर्टस म्यानेजमेन्टका तर्फबाट आमीर अख्तरले रिट दायर गरेका थिए । सो रिटमा न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले विपक्षी नेपाल क्रिकेट संघ (क्यान)सँग लिखित जवाफ माग गरेको छ ।

पूर्वक्रिकेटर समेत रहेका अख्तरले रिट दायर गर्दा एनपीएल आयोजना रोक्न अन्तरिम आदेश पनि माग गरेका थिए । तर, सर्वोच्चले अन्तरिम आदेश भने दिएन । यो आदेशसँगै एनपीएल सञ्चालनका लागि बाटो खुला भएको छ ।

नेपाल क्रिकेट संघले १० वर्षका लागि एनपिएल सम्वन्धी सम्पूर्ण सर्वाधिकार आफूलाई दिएकाले अहिले अरू नै कम्पनीमार्फत सञ्चालन गर्न नमिल्ने आमीर अख्तरको भनाई छ । उनले क्यानले जानकारी नै नदिई अन्य कुनै कम्पनीलाई दिएको र भनेकै आधारमा सञ्चालन गर्न नमिल्ने जिकिर गरेका छन् ।

नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चायज क्रिकेट लिग एनपीएल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ । एनपीएलमा कर्णाली याक, विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी र सुदूरपश्चिम गरी ८ टिम सहभागी छन् ।