२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्ड्राइभले नेपालमा लन्च गर्यो नयाँ “इन्ड्राइभ कम्फर्ट” सुविधा



अ+ अ-

काठमाडौं।  इन्ड्राइभ, ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्मले यात्रुहरूलाई थप आरामदायी, प्रिमियम राइड विकल्प उपलब्ध गराउने उद्देश्यले नेपालमा आफ्नो नयाँ “इन्ड्राइभ कम्फर्ट” फिचर सुविधा सुरु गरेको छ।

यात्राको अनुभव बढाउन डिजाइन गरिएको इन्ड्राइभ कम्फर्ट सुविधाले यात्रुहरूलाई परिष्कृत सुविधाहरू सहितको प्रिमियम लेभलका सवारी साधनमा यात्रा गर्न सहज बनाउँछ।

कम्फोर्ट सवारीहरू उच्च गुणस्तरका सवारी साधनहरू र उच्च स्तरको सेवा प्रदान गर्न समर्पित तथा हाइरेटिङ्ग गरिएका ड्राइभरहरूका साथ यात्रा गर्न खोज्नेहरूका लागि उपयुक्त छ। नयाँ सुविधासँगै, नेपाली यात्रुहरूले अब थप आरामदायी र सुविधाजनक यात्राको आनन्द लिन इन्ड्राइभ कम्फर्ट राइडहरू रोज्न सक्नेछन्।

इन्ड्राइभ साउथ एशियाका सिनियर मार्केटिङ म्यानेजर, श्री अविक कर्माकरले भने,न्ड्राइभमा, हामी हाम्रा ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न किफायती, सुविधाजनक वा थप कम्फोर्ट सवारी विकल्पहरू प्रदान गर्न समर्पित रहेका छौं। इन्ड्राइभ कम्फर्ट राइडको सुरुवात नेपालमा इन्ड्राइभको लागि आकर्षक विकास हो। हामी हाम्रा प्रयोगकर्ताहरूको विशिष्ट आवश्यकताहरू पूरा गर्ने उपयुक्त सवारी विकल्पहरू प्रस्ताव गर्न प्रतिबद्ध छौं। इन्ड्राइभ कम्फर्टको साथ, यात्रुहरूले फराकिलो, रमाइलो र उचित मूल्यको सवारीको प्रतीक्षा गर्न सक्छन्, जबकि हाम्रा चालक साझेदारहरूले उत्कृष्ट सेवा प्रदान गर्ने थप अवसरहरू प्राप्त गर्छन्।

 




भर्खरै