२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकै छैटौँ प्रदूषित सहर बन्यो काठमाडौँ



अ+ अ-

काठमाडौँ । बिहीबार बिहान काठमाडौँ विश्वकै छैटौँ प्रदूषित सहर बनेको छ ।

स्विटजरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौँको एक्यूआई १ सय ७० रहेको छ । हावाको यो गुणस्तरलाई अस्वस्थ मानिन्छ ।

पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा रहेको छ । त्यहाँको एक्यूआई ७०८ रहेको छ । यो निकै खतरनाक मानिन्छ ।

भारतको नयाँ दिल्ली दोस्रो स्थानमा रहेको छ । त्यहाँ एक्यूआई ४२४ मापन गरिएको छ । तेस्रो स्थानमा भियतनामको हानोई रहेको छ भने चौथो र पाँचौँ स्थानमा भारतको कोलकाता र बंगलादेशको ढाका सहर रहेको छ ।

१५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था मानिन्छ ।