२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पती छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले जनताको रोजाइको पार्टी – महासचिव पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले जनताको रोजाइको पार्टी भएको बताउनुभएको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल केन्द्रीय समिति छैटौँ पूर्ण बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले एमाले जनताको बिचमा लोकप्रिय भए पनि एक्लै देश सञ्चालन गर्न सक्ने अवस्थामा नरहेको बताउनुभयो । ‘लोकप्रिय मतमा नेकपा एमाले नै अगाडि छ, तर सरकार बनाउन पुग्ने मत पुगेको छैन, सरकारको नेतृत्व गरिरहेका छौँ, तर राष्ट्रको नेतृत्व गर्ने निर्णायक मत प्राप्त गरेका छैनौँ’, पोखरेलले भन्नुभयो ।

आउने चुनाव सबै दलले छुट्टाछुट्टै लड्ने निर्णय गरेको बताउँदै पोखरेलले यसको सबैभन्दा बढी लाभ नेकपा एमालले लिने बताउनुभयो । अहिले कांग्रेससँग सहकार्य गरे पनि आउने चुनावमा एमाले कांग्रेस अलग्गै चुनाव लड्ने उहाँले स्पष्ट पार्नुभयो । ‘कांग्रेससँग सहकार्य र प्रतिष्पर्धा पनि सँगसँगै छ भन्ने सच्चाइलाई बुझेर हामीले अगाडि बढ्नु पर्छ’, पोखरेलले भन्नुभयो ।

सरका परिवर्तन हुन्छ भन्ने गलत हल्ला फैलाइएको कारण जति हुनु पर्ने त्यति काम हुन नसकेको पोखरेलले बताउनुभयो । तर अहिले ती हल्ला निष्तेज भएको उहाँले प्रष्ट पार्नुभयो । ‘एमाले र कांग्रेस बिच सरकारलाई निरन्तरता दिने विषयमा गहिरो समझदारी छ, यद्यपि सरकार परिवर्तन गर्न चाहनेहरूको प्रयास जारी छ’, उहाँले भन्नुभयो ।

अहिले समाजमा फैलँदै गएको सामाजिक अराजकता ठुलो चुनौतीको रूपमा रहेको उहाँले बताउनुभयो । त्यो सामाजिक अराजकता चिर्न नसक्ने हो भने मुलुकको समृद्धि अघि बढ्न नसक्ने पोखरेलको भनाइ छ । समाजमा आशा जागृत गर्ने गरी संगठित शक्ति नलाग्ने हो भने निराशा चिन नसक्ने पोखरेलले धारणा राख्नु भयो ।

नेपालका संस्कृति मूल्य मान्यतालाई विगठन गर्ने पनि सुनियोजित प्रयास भइरहेका बताउनुभयो । विभिन्न खालका अतिवाद माथि वैचारिक रूपमा विजय प्राप्त गर्न आवश्यक रहेको पोखरेलले स्पष्ट पार्नुभयो ।

आजको आर्थिक सङ्कटका समाधानको सामर्थ्य नेकपा एमालेसँग मात्रै रहेको पनि उहाँले दाबी गर्नुभयो । अहिले नीति, कार्यक्रम र बजेट पास भइसकेकोले धेरै काम गर्न नसकेको भए पनि आउने वर्षबाट यसलाई सुधार गरेर लैजान सकिने पोखरेलले स्पष्ट पार्नुभयो । कतिपय सुधारका सन्दर्भमा केही समेको प्रतीक्षा गर्न आवश्यक हुने पनि उहाँले बताउनुभयो ।

देशको विकासको आधार तयार गर्नको लागि सबैभन्दा पहिला शिक्षा र स्वास्थ्यको क्षेत्रमा सुधार गर्न आवश्यक रहेको पोखरेलले बताउनुभयो ।

मुलुकलाई अगाडि बढाउन अहिलेको अन्यौलतालाई चिर्नु पर्ने पोखरेलले बताउनुभयो । सरकारका विरुद्ध नियमित रूपमा गरिएका गलत प्रचार चिर्नको लागि एमालेले मङ्सिर ७ गते विशेष कार्यक्रम आयोजना गरेको उहाँले जानकारी दिनुभयो । एमालेले आयोजना गर्ने जागरण सभाले जनतालाई पार्टीसँग थप जोड्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।




भर्खरै