२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमाः राष्ट्रसङ्घ



अ+ अ-

एजेन्सी । म्यानमा सन् २०२३ मा एक हजार ५२ नागरिकको हताहतको उच्च रेकर्डसहित बारुती सुरुङ खतराका लागि विश्वको सबैभन्दा जोखिम युक्त देश बनेको राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घका अनुसार म्यान्मामा बालबालीका लागि तुलनात्मक रुपमा अवस्था डरलाग्दो रहेको छ ।

सामाजिक सञ्जाल एक्समा राष्ट्रसङ्घीय समाचार सेवाले म्यानमा सबै भन्दा बढी पीडितहरूका साथ बारुती सुरुङ् खतराको मुख्य मुलुक भएको जनाएको छ ।

राष्ट्रङ्घीय बाल कोष (युनिसेफ) तथा बारुती सुरुङ् प्रतिबन्धित गर्ने अन्तर्राष्ट्रिय अभियानको अध्ययनका अनुसार पनि म्यानमा बारुती सुरुङ तथा हतियार हताहतका लागि विश्वको सबैभन्दा घातक देश बनेको छ ।

पछिल्लो समयमा जुन्टाले देशव्यापी प्रतिरोधलाई दमन गर्न बारुती सुरुङ प्रयोग र प्रभाव दोब्बर बनाइरहेको म्यानमाका विशेष प्रतिवेदक टम एन्ड्रुज र अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि हेबा हाग्रास विशेष प्रतिवेदकले बताउनु भएको छ ।

बारुती सुरुङ प्रभावले म्यानमाका बच्चाहरूमा अधिक प्रभाव पारेको युनिसेफको तथ्याङ्कलेसमेत प्रमाणित गरेको छ । भने घर, विद्यालय, खेल मैदान ,कृषि लगायतका क्षेत्रमा हतियारहरू अन्धाधुन्ध राखिनाले बालबालीका लागि निरन्तर जोखिम बढेको जनाइएको छ ।