२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं–१६ मा स्वतन्त्र उम्मेदवार पन्तले गरे रास्वपाकी रोजिनालाई समर्थन



अ+ अ-

काठमाडौँ । काठमाडौं–१६ मा स्वतन्त्र उम्मेदवार प्रकाश पन्तले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रोजिना श्रेष्ठलाई समर्थन गरेका छन् ।

रास्वपा र आफ्नो प्रतिवद्धता पत्र समान रहेको भन्दै पन्तले रोजिनालाई समर्थन गरेका हुन् ।

रास्वपाको प्रतिबद्धता पत्र र मेरो उम्मेदवारीको प्रतिबद्धता समान उद्देश्य प्राप्तिका लागि भएको हुँदा यसको कार्यान्वयनका लागि सहकार्य गर्ने सहमति बताउदै समर्थन पत्रमा भनिएको छ, ‘पछिल्लो राजनीतिका विभिन्न पक्षहरुको विश्लेषण गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार हुनुभएकी श्री रोजिना श्रेष्ठ (चुनाव चिन्ह घण्टी) एक सशक्त उम्मेदवार हुनभएको अनुभूति भयो । स्थानीयस्तरमा लामो समय सामाजिक कार्यमा संलग्न भई वडाको वृहत्तर विकासमा समेत योगदान पुर्याउनु भएकी कानूनमा स्नातक तथा व्यवस्थापनमा स्नातकोत्तरसम्म अध्ययन पूरा गर्नुभएकी एक सफल व्यवसायी एवं महिला नेतृले म लगायत परिवर्तनका पक्षधरहरुको भावना समेटेर काम गर्ने कुरामा म विश्वास्त छु। तसर्थ का।म।पा। वडा नं। १६ मा उहाँलाई समर्थन गर्ने मैले निर्णय लिएको छु ।’

साथै उनले स्वतन्त्र उम्मेदवारी मार्फत् वडा नं १६ बनाउने पवित्र उद्देश्य बोकी वडा अध्यक्षको प्रतिस्पर्धामा होमिएका सबै स्वतन्त्र अभियन्ता उम्मेदवार साथीहरुलाई पनि यो अभियानमा जोडिएर साथ दिन अपील गरेका छन् ।




भर्खरै