२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘बाटो: रोड टु डेथ’ एमाजन प्राइम भिडियो, ट्युबीसहित विभिन्न ओटिटीमा रिलिज



अ+ अ-

काठमाडौं । नेपाली चलचित्र क्षेत्रको विकास र अन्तर्राष्ट्रियकरणमा काठमाडौं फिल्म्सले अर्को कदम चालेको छ । आफ्नो उत्कृष्ट प्रोजेक्टहरू मार्फत विश्वभर नेपाली कथाहरू पुर्‍याउने लक्ष्यसहित अगाडि बढिरहेको यो कम्पनीले हालै आफ्नो चलचित्र ‘बाटोस् रोड टु डेथ’लाई विश्वका प्रमुख स्ट्रिमिङ प्लेटफर्महरूमा उपलब्ध गराएको छ । यो चलचित्र नेपालमा गत जेठ ३२ गते रिलिज भएको थियो ।

यो चलचित्र ‘एमाजन प्राइम भिडियो,’ ‘ट्युबी,’ र ‘बुक माई शो स्ट्रिम’ मा स्ट्रिमिङ सुरु भएको हो । ‘एमाजन प्राइम भिडियो’मा युरोप र अमेरिकाका दर्शकहरूको लागि उपलब्ध छ भने निःशुल्क स्ट्रिमिङ सेवा प्रदान गर्ने ‘ट्युबी’मा पनि युरोप र अमेरिकामा यो चलचित्र स्ट्रिमिङ भइरहेको छ । त्यस्तै, दक्षिण एसियामा लोकप्रिय प्लेटफर्म ‘बुक माई शो स्ट्रिम’बाट भारतमा नेपाली भाषामा अङ्ग्रेजी सबटाइटल सहित स्ट्रिमिङ भइरहेको छ ।

साथै, ‘फ्युचर टिभी’ लगायतका अन्य ओटिटीहरुमा विश्वव्यापी दर्शकहरूको लागि चाँडै यो प्लेटफर्ममा चलचित्र उपलब्ध हुने ‘बाटो: रोड टु डेथ’का निर्माता तथा काठमाडौं फिल्मसमा सञ्चालक चन्दन झाले बताए । “हामीले नेपाली चलचित्रलाई विश्वव्यापी बनाउन लामो समयदेखि काम गर्दै आएका छौँ । २ सय भन्दा बढी अन्तर्राष्ट्रिय प्रोजेक्टहरूमा काम गरिसकेपछि नेपाली चलचित्रको गुणस्तर र पहुँच बढाउन केही योगदान गर्नुपर्छ भन्ने महसुस भएपछि ‘बाटो: रोड टु डेथ’ चलचित्र बनाएका थियौँ । विविध कारणले नेपाली बक्स अफिसमा धेरै सफल नभएपनि यो चलचित्रमार्फत अन्तर्राष्ट्रिय बजारका विभिन्न सम्भावनाहरूलाई खोज्ने कार्य गरेका छौँ,’ निर्माता झाले बताए ।

यस चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा लैजान माउन्टेन रिभर फिल्म्सले प्रतिनिधि भूमिका निभाएको निर्माता झाले बताए । काठमाडौं फिल्म्सले निकट भविष्यमा लगातार नेपाली चलचित्रहरू बनाउने र विश्वव्यापी वितरण योजनाहरूमा काम गरिरहेको उनले बताए ।

काठमाडौं फिल्मसको ब्यानरमा चन्दन झाले निर्माण गरेको ‘बाटो: रोड टु डेथ’का निर्देशक, लेखक तथा सम्पादक मदन थापा हुन् । दक्षिण भारतीय चलचित्र उद्योगको अनुभवलाई लिएर नेपाली चलचित्र बनाएका मदनले यस चलचित्रमा अब्बल काम देखाएका छन् । यस चलचित्रमा मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, राजेन थापा, आभास अधिकारी, किरण शाही, गणेश उपाध्याय लगायतको अभिनय रहेको छ ।




भर्खरै