२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलः चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेञ्जर्स र चितवन राइनोजले प्रतिस्पर्धा गरिरहेका छन् । यसैबीच चितवनले पोखरालाई १६२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ७ विकेटको क्षतिमा १६१ रन जोड्यो ।

उसका लागि रवि वोपाराले अर्धशतकीय पारी खेले । उनले ३८ बलमा ५१ रन जोडे । यस्तै, कुशल मल्लले २३ बलमा ३८ रन जोडे भने लुक मार्टिन बेनकेन्स्टाइनले १६, हसन इसाखिलले १४ रन जोडे । अमर रौतेला १३ र शरद भेषवाकर ११ रनमा अविजित रहे ।

बलिङतर्फ पोखराका विपिन खत्री, बास डि लिडे र रेमन राइफरले २–२ विकेट लिए भने सागर ढकालले १ विकेट लिए ।

जारी प्रतियोगितामा पोखरा एभेञ्जर्सको यो पहिलो खेल हो । सोमबार काठमाडौँ गोर्खाजलाई पाँच विकेटले पराजित गरेको चितवन राइनोज आज दोस्रो जितको खोजीमा छ ।