२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलः लोकेशको आक्रामक ब्याटिङमा विराटनगरले लुम्बिनीलाई हरायो



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को सातौँ खेलमा विराटनगर किंग्सले जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा विराटनगरले लुम्बिनी लायन्सलाई २ विकेटले हराएको हो । लुम्बिनीले दिएको १९२ रनको विशाल लक्ष्य विराटनगरले १९.५ ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।

विराटनगरलाई जित दिलाउन क्रिस सोलले महत्वपूर्ण भूमिका खेले । उनी ४ बलमा १४ रन बनाउँदै अविजित रहे । उनले २ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, ओपनर लोकेश बमले ४७ बलमा ७१ रनको अर्धशतकीय पारी खेले । उनले ६ छक्का र ३ चौका प्रहार गरे । यस्तै, बसिर अहमदले ४० तथा मार्टिन गप्टीलले २८ रनको योगदान दिए । बलिङतर्फ लुम्बिनीका दुर्गेश गुप्ताले ३, रेमन सिमोन्ड्स र साद बिन जफरले २–२ तथा विवेक यादवले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ९१ रन बनायो ।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए । उनले २९ बलमा दुई छक्का र चार चौका प्रहार गर्दै ४६ रन बनाएका हुन् । यस्तै, टम मूर्सले ३०, विवेक यादवले १९, अर्जुन साउदले १७ रनको योगदान लिए ।

लुम्बिनीका लागि आशुतोष घिरैया र साद बिन जफरले समान १५/१५ रन, सन्दीप जोराले १२, बेन कटिङले छ र रामोन सिमन्ड्सले दुई रन बनाए । लुम्बिनीले अतिरिक्त २९ रन पाएको छ ।

विराटनगरका लागि सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले समान एक–एक विकेट लिए । प्रतियोगितामा पहिलो खेल खेलेको लुम्बिनीले हारबाट एनपिएलको सुरुवात गरेको छ भने यसअघिका दुई खेलमा हार ब्यहोरेको विराटनगरले खाता खोलेको छ ।