२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिगो,आधुनिक विकास निर्माण आवश्यक छः उपप्रधानमन्त्री सिंह



अ+ अ-

काठमाडौ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले आधुनिक विकास निर्माणलाई नेपालीकरण सहितको दिगो बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा ‘आर्कविल्ड एक्स्पो २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो । उहाँले नेपाल अहिले तिब्र शहरीकरणबाट गुज्रिरहेको बताउनु भयो । उहाँले आधारभुत र उत्थानशील पूर्वाधार निर्माणमा स्वदेशी तथा विदेशी ठूलो लगानी, विज्ञता र प्रविधिको आवश्यकता औंल्याउनु भयो ।

उहाँले नेपालको विविधतायुक्त भुगोल, पर्यावरण र सामाजिक सांस्कृतिक परिवेशमा पूर्खाको ज्ञान र पौरखले सिर्जित ऐतिहासिक र परम्परागत बस्ती, स्थानीय मौलिक वस्तुकला, निर्माणशैली र मूर्त, अमूर्त सम्पदाहरु नेपालको ठूलो सम्पती भएको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय जलवायु परिवर्तन एवं अन्य विपद्का घटनाहरुमा बढोत्तरी भई विकास निर्माणलाई ओझेलमा पारेको बताउनु भयो । विनशकारी प्रभावहरु बढिरहेको उल्लेख गर्दै शहरहरु र समुदायहरुको दिगो भविष्य सुनिश्चित गर्न समाधानका उपायहरुको खोजि आजको चुनौति रहेको रहेको समेत बताउनु भयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘नेपालको संविधान लागू भएर देशको संघीय ढाँचामा पुनःसंरचना पश्चात् नेपाल आधुनिक विकास प्रयासमा अगाडि लम्किरहेको छ । विकास प्रयासमा खासगरी आधारभुत र उत्थानशील पूर्वाधार निर्माणमा स्वदेशी तथा विदेशी ठूलो लगानी, विज्ञता र प्रविधिको आवश्यकता रहेको छ । अर्कोतर्फ हालको वर्षहरुमा जलवायु परिवर्तन एवं अन्य विपद्का घटनाहरुमा बढोत्तरी भई विकास प्रयासलाई ओझेलमा पार्नेगरी विनासकारी प्रभावहरु बढेर गएका छन् । यस परिपेक्षमा हाम्रा सहरहरु र समुदायहरुको दिगो भविष्य सुनिश्चित गर्ने समाधानका उपायहरु खोजि गर्न आजको चुनौति रहेको छ ।’

‘नेपालको विविधतायुक्त भुगोल, पर्यावरण र सामाजिक सांस्कृतिक परिवेशमा पूर्खाको ज्ञान र पौरखले सिर्जित ऐतिहासिक र परम्परागत बस्ती स्थानीय मौलिक वस्तुकला, निर्माणशैली र मूर्त, अमूर्त सम्पदाहरु हाम्रो ठूलो सम्पती हुन् । यिनले स्थानीय स्रोत साधन र सीपको समुचित उपयोग, रोजगारी सिर्जना र पर्यटकीय लाभसहित आवश्यक आर्थिक अवसरहरुको सिर्जना गर्दै आइरहेका छन् । तर अहिलेको निर्माण पद्धतिहरुमा मौलिकताको पक्ष ओझेलमा पर्दै गएको देखिन्छ । नेपाली पहिचानको धरोहरको रुपमा रहेको नेपाली वस्तुकला र निर्मित वातावरणको गौरवमय इतिहासलाई कायम राख्दै आधुनिक विकास निर्माणलाई नेपालीकरणसहितको दिगो बनाउनुपर्ने आवश्यकता महशुस गरेको छु । नेपाल अहिले तिब्रतर शहरीकरणको प्रक्रियाबाट गुज्रिरहेको छ । गाउँबाट मानिसहरु अवसरको खोजिमा शहरमा बसाईंसराई गर्ने प्रवृत्ति बढ्दो छ । विश्व परिवेशलाई हेर्दा शहरीकरणलाई रोक्न नसकिने र यसको व्यवस्थापनको विकल्प नरहेको देखिएको छ ।’

योजनावद्ध शहरी विकास, भूउपयोग, भौतिक विकासको नियमन र रणनीतिक हिसावले एकीकृत पूर्वाधारमा लगानी नसकिएको खण्डमा भविष्यमा गम्भिर आर्थिक, सामाजिक र वातावरणीय असरहरु पर्ने उहाँको भनाइ छ ।




भर्खरै